भूकम्प प्रभावित क्षेत्र घुमेपछि प्रधानमन्त्रीले भने : भोलिबाट राहत र पुनर्स्थापनामा लाग्छौं

शनिबार जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रको अवलोकनपछि नेपालगञ्ज आइपुगेका प्रधानमत्री प्रचण्डले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे भने घाइतेहरुको स्वास्थ्यलाभको कामना गरे ।

मृतकको संख्या १५० आसपास पुगेको, सयौं घाइते भएको र हजारौं घरमा क्षति पुगेको भन्दै उनले भने, ‘आजको दिनमा सरकारको तर्फबाट जे गर्नुपथ्र्यो, गरिएको छ ।’

भोलिदेखि राहत तथा पुनस्र्थापनामा जुट्ने उनले बताए । ‘भोलि विहान ८ बजे मन्त्रिपरिषद्को बैठक बोलाइसकेको छु, त्यसपछि विपद् व्यवस्थापनको बैठक बसेर राहत र पुनःस्थानाको काममा लाग्छौं’, प्रधानमन्त्री प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation