नेपाल बसाइको क्रममा उनले बुधबारदेखि नै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनले बुधबार दिउँसो उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई भेट्ने कार्यक्रम छ ।
बिहीबार बिहान ८ बजे उनले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने कार्यतालिका छ । सोही दिन बिहान ११ बजे उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसँग पनि भेटवार्ता गर्दै छन् । यी भेटवार्ताहरु दुईपक्षीय सहयोग आदान-प्रदानका विषयमा केन्द्रित हुने छन् ।
साथै प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे विशेषरुपमा छलफल हुने प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार सापकोटाको भनाइ छ ।
तिब्बतको कार्यकारी प्रमुख रहेका वाङले पोखरा भ्रमण पनि गर्नेछन् ।