प्राणमञ्च मिडिया र खलंगा सरोकार समूहप्रती कृतज्ञ छन मदन

मानिसको जीवनले कतिबेला कस्तो मोड लिन्छ कुनै पत्तो हुँदैन । समयले कतिबेला कस्तो भड्खालोमा पार्ने हो न यो कुराको पनि कसैलाई पूर्वजानकारी हुन्छ । मानव जीवनका आ–आफ्नै चक्र हुनेहुन् । समयले विगत ५ वर्षदेखि मदन बुढाथोकीलाई यसरी हमला गर्याे कि न यो पनि उनले कहिल्यै परिकल्पना गरेका थिए । ४ वर्षदेखि लगातार ह्विलचियर र बेडमा जीवनसँग घिसिपीठी गगरिरहेका मदनको पछिल्लो दुई महिनाले स्वास्थ्यमा थप जटिलता थप्दै झण्डै मृत्युको मुखमा पु¥यायो ।
२०७६ असार ९ गतेको रातले उनको जीवनमा निर्मम हमला गर्यो । घरको बार्दलीबाट लडेर जब उनको ढाड नै भाँचियो (स्पाइनल कर्ड इन्ज्योरी), आम सामान्य मानिसको जस्तै गुजारा चलाउने वा अब्बल सामाजिक एवं राजनीतिक जीवन जिउने उनको सपनाको हत्या भयो ।

निम्न आय भएको झुपडीमा जन्मिएका मदन ४ बर्ष अगाडि ढाड भाँचिएर लडेपछि आजप्रयन्त पनि उनी बिस्तारामा लडिरहेका छन् । पटक–पटक जीवन र मृत्युसँग लुकामारी गरिरहेका छन् । पारिवारिक स्रोतका अनुसार कमजोर आर्थिक अवस्थाकै कारण मदनको दैनिक रुपमा आवश्यक पर्ने दूध, माछामासु तथा फलफूल जन्य पौष्टिक आहारको जोहो गर्न सकिएको छैन भने दिसापिसाब विर्जनका लागि चाहिने डायपर तथा युरिन ब्यागसमेतको अभाबले नियमित सरसफाइमा निकै समस्या उत्पन्न भएको उनकी भाउजुको गुनासो छ । चरम आर्थिक अभावमा जीवन मृत्युको संघर्षमा लडिरहेको मदनको परिवारले सहयोगी मनका सरोकारवाला समाजसेवीहरुले सकेजति आर्थिक जोहो गरिदिन आग्रह गरेको छ । स्मरण
रहोस् ः २०७६ सालमा दिल्लीमा ढाडको अप्रेशन गर्दा अस्पतालमा तिर्नुपरेको ७ लाख भारतीय रुपैयाँ निजका दाइले काम गर्ने एक होटलका मालिकले जाहो गरिदिएका थिए । उनका माइला दाजुले ४ वर्षदेखि सोही ऋण तिर्नकै लागि निजको होटलमा हालसम्म काम गरिरहेका छन् । ऋण चुक्ता नहुँदासम्म घर वा अन्यत्र कतै जान नपाइने साहुसँगको वचनबमोजिम उनी ४ वर्षदेखि आफ्नो घर फिर्न पनि पाएका छैनन् ।

विगत ४ वर्ष अगाडि घरको बार्दलीबाट लडेर ढाड भाँचिएका मदनको बेड इन्फेक्सनका कारण पछाडिको हिप सडेको हुनाले निज मदन बुढाथोकी क्षेत्रीलाई लुम्बिनी प्रादेशिक अस्पतालमा एक महिनाको उपचारपछि दशैको पूर्वसन्ध्यामा डिस्चार्ज गरिएको हो । हिप सडेर जटिल बनेपछि विभिन्न दाताहरु र मिडियाको सहयोग र सहकार्यमा प्रादेशिक अस्पतालमा मदनको एक महिनासम्म सघन उपचार उपचार भयो । उनको जटिल स्वास्थ्य अवस्था कायमै रहेको र घरमा पनि निरन्तर उपचार चलिरहेकोले मदनलाई स्वास्थ्य लाभको कामना गर्दै सबैले उनको दयनीय स्वास्थ्य अवस्थालाई केही सहजतामा ल्याउनको लागि सक्दो सहयोगी हातहरु अगाडि बढाइदिन परिवारले आग्रह गरिरहेको छ ।
जटिल स्वास्थ्य समस्याले थलिएका मदन आर्थिक अभावकै कारणले भाउजुको घरमा सड्न विवश थिए मदन ! आमा बराबरको सहारा भाउजु भएको बताउने मदन आफ्ना सबै समस्यामा भाउजुको राम्रो माया, स्नेह र स्याहार पाएकोमा भाउजुप्रति निकै नतमस्तक छन् । विगत ४ वर्षदेखि उनकी जेठी भाउजु सरस्वती केसी बुढाथोकीले हर अभाव र चुनौतिहरुलाई पचाउँदै देवरको सहारा बनिरहेकी छन् । भित्र बाहिर गराइरहेकी छन्, रुखोभुको खाना खुवाएकी छन् । नुहाएकि छन्, चुठाएकी छन् । यसो त आजको स्वार्थी समाजमा यत्तिको सहयोगी मनका भाउजुहरु भेट्टाउन निकै कठिन छ ।

प्राणमञ्च मिडियामा निजको उपचारमा जटिल समस्या आएको खबर पोस्ट गरेलगत्तै अभियानकर्मी मनोज कुमार श्रेष्ठद्वारा खलंगा सरोकार मञ्च नामक सार्वजनिक ग्रुरुपबाट निज मदनको उपचारार्थ सहयोग अभियान थालियो । खलंगा सरोकार समुले जस्तै आपत विपतमा परेका विपन्न नागरिकहरुको उद्दारमा लागे दुर्जनका कैयौं समस्या समाधानमा टेवा पुग्ने सरोकारवालाहरुको ठहर छ । आर्थिक सहयोग अभियानबाट निजको लागि करिब २ लाख ३० हजार सहयोगार्थ रकम निजको भाउजुको खातामा भएको अभियान्ता मनोज श्रेष्ठले बताएका छन् ।
सामाजिक सेवा भावका धनी अभियानकर्मी मनोज कुमार श्रेष्ठका अनुसार विगत साढे दुई वर्षदेखि सञ्चालनमा आएको सो समुहमार्फत उत्पीडनमा परेका दिनदुखी तथा विकास निर्माणका विभिन्न सवालहरुमा सकारात्मक नकारात्मक दुबै विषयमा सो समुहले वकालत गर्दै आइरहेको छ । दिनदुखीको उपचार तथा उद्दार सहयोगार्थको रुपमा सो समुहले मल्लरानी गाउँपालिका भित्रका २३ जना पीडितहरुलाई झण्डै आधा करोड (४७ लाख) बराबरको सहयोग रकम प्रदान गरेको छ ।
हामीले प्राणमञ्च अनलाइनमा समाचार पोस्ट गरेको १ घण्टा भित्रै सो समुहका इडमिन समेत रहेका मनोज कुमार श्रेष्ठले खलंगा सरोकार समुहमार्फत सहयोग अभियान थालिने प्रतिबद्धता जनाएबमोजिम यो समाचार तयार पार्दासम्म २ लाख ३० हजार नगद निजको भाउजु सरस्वती केसी बुढाथोकीको खातामा जम्मा भएको हो । देश विदेशमा रहने विभिन्न सहयोगी मनका धनीहरुले आफ्नो गक्षताअनुसार सो सहयोग रकम जम्मा भएको हो ।

चरम आर्थिक अभावमा जीवन मृत्युको संघर्षमा लडिरहेको मदनको परिवारले सहयोगी मनका सरोकारवाला समाजसेवीहरुले सकेजति आर्थिक जोहो गरिदिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation