जंगबहादुर रेउले, होलेरी
नयाँ वर्षको अवसरका दिन होलेरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । देशभर ब्लड बैंकहरुमा रगत अभाव हुन नदिनका लागि नयाँ वर्ष (२०७८) को अवसरमा रक्तदान महादान भन्ने नाराका साथ बैशाख १ गते रोल्पाको होलेरीमा आयोजना गरिएको कार्यक्रममा ३४ जना रक्तदाताहरुले रक्तदान छन् ।
विश्वभर फैलिएको कोरोना भाइरसले गर्दा अधिकांस अस्पतालहरुमा रगतको अभाव हुन नदिनका लागि इसाइ समाज रुन्टीगढीको आयोजना ,नेपाल रेड्क्रस सोसाइटी होलेरी उपशाखाको समन्वय, नेपाल रेडक्रस सोसाइटी रक्त सन्चार केन्द्र दाङको प्राविधिक सहयोग तथा रुन्टीगढी गाउँपालिका र इसाइ समाजको आर्थिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान गर्नाले मानविय सेवा हुनुका साथै रक्तसंचारमा निपूर्णता हुने तथा नयाँ रगत थप शक्तिशाली हुने भएकोले आफुहरुले रक्तदान गरेका दाताहरुले प्रतिक्रिया दिए । सो अवसरमा मुन बहादुर बुढा, मिनबहादुर थापा, गोपीराम पुन, शान्ता बोहरा,दीपा पुन, दीपेन्द्र बुढा,शेरबहादुर बि क,मोनिका बि क,हरी बि क लगाएतका रक्तदाताहरुले रक्तदान गरेका हुन् ।
वैशाख १ गते होलेरी रोल्पामा भएको रक्तदान कार्यक्रममा सोचेभन्दा बढी रक्तदाताहरु आएको आयोजक संस्थाले बताएको छ । रक्तदान अभियानमा सरिक कतिपयले भने स्वास्थ्य समस्याका कारण रगत दिन नपाएकोमा दुख व्यक्त गरे । ३४ जना रक्तदाताहरुले खुशी भएर रक्तदान गरेको रेडक्रस सोसाइटी होलेरी उपशाखाका सभापति लक्षिराम थापाले जानकारी दिएका हुन् ।
रुन्टीगढी गाउँपालिका इसाई समाजका अध्यक्ष शेरबहादुर वि.क.को अध्यक्षता एवं रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण भूपमणी पुनले गरेका हुन् । कुनैपनि स्वस्थ व्यक्तिले रक्तदान गर्नाले मानविय सेवा हुनुका साथै रक्तसंचारमा निपूर्णता हुने तथा नयाँ रगत थप शक्तिशाली हुने भएकोले आफ्नो एकपटकको रक्तदानले कसैको जीवन बाँच्ने भएकोले रक्तदान अभियानमा सक्रियतापूर्वक सबै लाग्नुपर्ने गाउँपालीका अध्यक्ष बालाराम बुढाले बताए ।