
प्युठान । प्युठानको नौबहिनी गाउँपालिका वाडा नम्बर ३ खवांगमा आमाछोरी मृत फेला परेका छन। खवांगको काईयाकि स्थानीय २२ वर्षीय रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरिले जनाएको छ।
तेसै गरि हराइ रहेकी ३ वर्षीय छोरी मुस्कान बुढामगर शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बाहानेका प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिएका छन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख इश्वर थापा नेतृत्वको टोलिले अनुसन्धान गरिरहेको छ।