जनताको मुख थुनेर सत्ता टिकाउँछु भन्ने नसोचे हुन्छ – विप्लव

शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। सरकारले टिकटक प्रतिबन्ध लगाएको विषयबारे उनले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिए।

उनले सामाजिक सञ्जालको प्रतिबन्ध निरंकुश व्यवस्थाको चरित्र भएको बताए। उनले सत्ता जनताको मुख थुनेर नभई जनताको मन जितेर मात्रै टिक्ने बताए। उनले जनताको मुख थुनेर शासन चलाउँछु भन्नेहरूको चाँडै अन्त्य हुने बताए।

उनले भने, ‘अहिले बजारमा हल्ला छ, २०४७ सालको संविधान फर्किन्छ, देशमा राजतन्त्र आउँछ। हिन्दुजम फेरि आउँछ, संघीयता समाप्त हुन्छ, हल्ला चलेको छ। फेसबुक बन्द गरेर लेख्न नदिएर, पत्रिका बन्द गरेर हुन्छ। यो त निरंकुश व्यवस्थाको चरित्र हो। हिजो पञ्चायतले सेन्सर गर्थ्यो, आफूले भनेअनुसार लेख, नत्र पाइँदैन भनेजस्तो। यसरी हुँदैन। जनताको मन जितेर पो सत्ता टिक्छ। मान्छेको मुख बन्द गरेर सत्ता टिक्छ र ? जनतालाई असन्तुष्ट हुन दिने अनि सत्ता टिकाउँछु, भनेर हुन्छ त कसैले पनि सक्दैन। जुनसुकै शासकले त्यसरी सोच्छ भने त्यसको अन्त्य हुन्छ‚ आत्तिनुपर्दैन।’

महासचिव चन्दले देश बचाउने जिम्मा अरूले नलिने भए नेपाल कम्युनिष्ट पार्टीले देश बचाउने जिम्मा लिने बताए। उनले देशमा अब राजतन्त्र फर्किने कुरा सम्भव नरहेको दावी गरे। उनले सम्पूर्ण कम्युनिष्ट एक ठाउँमा उभिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation