अखिल (क्रान्तिकारी) दाङको अध्यक्षमा अमर

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूननियन (क्रान्तिकारी) दाङको अध्यक्षमा अमर खड्का चयन भएका छन् । शनिबार घोराहीमा भएको २४ औँ जिल्ला सम्मेलनले संगठनको उपाध्यक्षमा खुमन केसी,सचिबः सरद केसी, सह–सचिबः प्रभा वली, कोषाध्क्षः चुरामणी केसी रहेको ३१ सदस्यीय नयाँ कार्यसमिति निर्माण गर्दै सम्मेलन सम्पन्न गरिएको संगठनका राप्ती व्युरो संयोजक दिपक विस्टले बताए । सम्मेलनको पूर्वसन्ध्यामा दाङ सबै (१०) वटै स्कुल तथा क्याम्पसमा ५१ भन्दा माथी इकाइ समिति गठन गरिएको, जिल्लमाका सबै क्याम्पसमा सम्मेलन आयोजक समिति निर्माण गरिएको बताउदै प्रतिबन्ध र निब्र दमनका बिचमा पनि संगठनका गतिबिधिहरु ठुलो जोखिम र चुनौतीहरुको सामाना गर्दै संगठनलाई गतिवान बनाउन सफल भएकोमा खुसी लागेको आयोजक समिति संयोजक अनिल केसीले प्राणमञ्चसँग प्रतिक्रिया दिए ।


पार्टीको राप्ती ब्युरो ईन्चार्ज सुवासको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बिद्यार्थीका केद्रीय कोषाध्क्ष नरेन्द्र बिकको विशेष उपस्थिति रहेको थियो ।सम्मेलनको बन्दसत्रलाई दिशानिर्देश गर्दै पार्टी नेता सुवासले दाङका हरेक स्कुल, क्याम्पस र विश्वविद्यालयमा राता मान्छेहरुको परिपक्व र वैचारिक दक्षतासहितको संगठन निर्माण गर्दै सम्पुर्ण उत्पीडित बिद्यार्थीहरुको नेता संगठन बनी बिद्यमान शैक्षिक समस्याको सहि समाधानको पहलकर्ताको भुमिका खेल्न अनुरोध गरे । उनले दलाल प्रतिक्रियावादी सत्ताको बुर्जुवा शिक्षाले देशमा शैक्षिक बेरोजगारहरुमात्र उत्पादन गरेकोले यसको समाधानको लागि बैज्ञानिक समाजवालमार्फ लागु हुने समाजवादी शिक्षा पद्धतिले हल गर्ने र त्यसको लागि देशभरका सबै बिद्यार्थीहरु एकजुट भई लाग्न अनुरोध गरे । २०७४ चैतमा २१ औँ राष्ट्रिय सम्मेलन गरेको सो संगठनले आगमी जेष्ठ १ गतेदेखि ४ गतेसम्मलाई २२ औँ राष्ट्रिय सम्मेलन गर्न गइरहेको छ । सम्मेलनको पुर्व तयारीमा देशैभरका क्रान्तिकारी, वामपन्थी एवम् जनतान्त्रिक विद्यार्थीहरु एकताबद्ध बनाउने अभियानमा दाङको क्रान्तिकारी आन्दोलनले थप इटा थप्ने कोषाध्यक्ष नरेन्द्र बिकले प्राणमञ्च अनलाइनसँगको कुराकानीमा बताए । सम्मेलनमार्फत विगतमा गरिएका सम्पूर्ण सांगठनिक गतिविधिहरुको निर्मम समिक्षासहित आगामी कार्ययोजनाको प्रारुप पनि तयार गरिएको नवनिर्वाचित अध्यक्ष अमर खड्काले जानकारी दिए । उनले अबको आफ्नो कार्यकाल शिक्षाक्षेत्रमा देखिएका तमाम समस्याको बैज्ञानिक समाधान गर्नको लागि सिंगो दंगालि क्रान्तिकारी बिद्यार्थी आन्दोलनको नेतृत्व गर्दै शैक्षिक रुपान्तरणमा केन्द्रित रहेर परिणाममुखि नमुनायोग्य काममा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation