कांग्रेसको पदाधिकारी र पूर्वपदधिकारिको बैठक आज बस्दै

 

आगामी पुसमा हुने महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न सभापति देउवाले बैठक आह्वान गरेको नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

कांग्रेसले महासमिति बैठक पुस १६ देखि १९ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । विधान अनुसार महाधिवेशन नभएको वर्ष महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ ।

विभागलाई पूर्णता दिने र सरकारको कामकारबाही बारे पनि बैठकमा छलफल हुने बताइएको छ । नेपाली कांग्रेसमा ४८ बाट बढाएर ७० विभाग पुर्‍याइएको छ ।

सभापतिमा निर्वाचित भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नु पर्ने भए पनि कुनैको प्रमुख मात्र तोकिएको छ भने कुनै विभागमा सदस्य संख्या अपुरो छ । हरेक विभाग बढीमा ५१ सदस्यीय हुने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation