जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन आजदेखि दुबईमा सुरु

१४ मंसिर, काठमाडौं : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा शुरु हुँदैछ। 

नेपालसहित अधिकांश देश सहभागी रहने यो सम्मेलनमा पृथ्वीको बढ्दो तापक्रम नियन्त्रण लगायत जलवायु परिवर्तनका असरको न्यूनीकरणका विषयमा छलफल हुनेछ। १२ डिसेम्बरसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनका असरविरुद्ध लड्ने महत्त्वाकांक्षी योजनामा छलफल गरिने छ।

सम्मेलनमा नेपालले हरितगृह ग्यास उत्सर्जनमा बढी भूमिका भएका देशहरुसँग क्षतिपूर्ति माग गर्ने तयारी गरेको छ। अति औद्योगिकरण भएका देशहरुले हरितगृह ग्यास उत्सर्जनमा ठूलो भूमिका खेल्ने गरेको र त्यसको असर आफूजस्ता देशले भोग्नुपरिरहेको पृष्ठभूमिमा नेपालले यही विषयलाई प्रमुख मुद्दाका रूपमा अघि सार्ने भएको छ।

सम्मेलन अन्तर्गत पहिलो दिन बिहीबार जलवायु परिवर्तनका कारण माल्दिभ्स तथा स्लोभाकियाले भोगिरहेका संकट एवं आदिवासी समुदायले भोगिरहेका समस्याको प्रस्तुतिकरणको कार्यक्रम छ। जलवायु परिवर्तनको असरका कारण समुद्री सतह बढ्दा माल्दिभ्स लगायतका तटीय देश तथा सहरहरु विस्थापनको निकट पुगेका छन्। सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गएराति दुबई प्रस्थान गरेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation