मकवानपुरमा मोटरसाइकल दुर्घटना : श्रीमती र छोरीको मृत्यु, श्रीमान् घाइते

दुर्घटनामा मकवानपुरको गढी गाउँपालिका-२ कुर्लेपाखा बस्ने ३४ वर्षीया रुपा स्याङ्तान र उनका ४–५ महिने छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

मोटरसाइकल चालक रुपाका श्रीमान् ३५ वर्षीय भीमबहादुर स्याङ्तान गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लागेका उनलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको डिएसपी भण्डारीले बताए।

उनका अनुसार सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो १ बजे गढी गाउँपालिका-२ धवाडीपुलमा सडकबाट अनियन्त्रित भई १०/१२ मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation