आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो शृंखला नेपालमा हुने

१५ मंसिर, काठमाडौँ : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृंखला नेपालले घरेलु मैदानमा नै खेल्ने भएको छ।

नेपाल, नेदरल्याण्ड्स र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ गतेदेखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

शृंखलामा नेपालले नेदरल्याण्ड्स र नामिबिया दुवै टोलीसँग २/२ खेल खेल्नेछ। ​​अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार यस संस्करणको खेलमा ८ राष्ट्र सहभागी हुने छन्।

जसमा नेपालसहित नामिबिया, क्यानडा, नेदरल्याण्ड्स, स्कटल्याण्ड, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान र अमेरिका रहेका छन्।

लिग सन् २०२७ सम्म सञ्चालन हुनेछ। यसअघि सन् २०१९ देखि २०२३ सम्म भएको अघिल्लो संस्करणको लिगमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation