राप्ती आयुर्वेद चिकित्सालयलाई ५० शैयासहित थप स्तरीय बनाइंदै छः मास्की

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको तुलसीपुर १९ विजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन गरेका छन् । त्यस अवसरमा मन्त्री मास्कीले आयुर्वेदलाई समयसापेक्ष बनाउनुपर्ने बताए । उनले एलोपेथिक भन्दा आयुर्वेद उपचार पद्धति पहिले नजन्मेको भन्दै यसलाई ब्यबस्थित बनाउनुपर्ने बताए । “आयुर्वेदिक पुरानो उपचार विधि हो”,उनले भने “यसलाई समयसापेक्ष बनाउन आबश्यक छ ।”

 

साथै उक्त अस्पताललाई ५० सैयाको बनाउने गरि प्रक्रिया अघि बढाएको समेत मन्त्री मास्कीको भनाई छ । त्यसकालागि आबश्यक पूर्वाधार तथा जनशक्ति ब्यबस्थापन गर्न तर्फ आफू लागिरहेको उनले बताए ।

हाल अस्पतालमा दैनिक एकसय जना जतिले सेवा लिइरहेको अस्पतालका निर्देशक डा. सन्तोष ठाकुरले बताए । उनका अनुसार पछिल्लो समय आयुर्वेद पद्धतिबाट उपचार गर्नेहरु बढिरहेका छन् । अस्पतालमा हाल व्यायामशाला, अग्नी कर्म, जलौका कर्म, नियमित योगा, पञ्चकर्म, फिजियोथेरापी लगायतका सेवाहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation