विप्लवको पक्राउ पुर्जी खारेजीको माग गर्दै प्यूठानमा मशाल जुलुस

मंसिर १९,प्यूठान।नेकपाका महासचिव नेत्रविक्रम चन्द “विप्लव”सी को पक्राउ पुर्जी खारेजीको माग गर्दै नेकपा प्यूठानले  मंगलबार साँझ मशाल जुलुस गरेको छ।
नेकपाको केन्द्रिय कार्यक्रम अन्तर्गत प्यूठानको जुम्री बजारमा मशाल जुलुस गरिएको नेकपा प्यूठानका जिल्ला सेक्रेटरी परिवर्तन सी ले बताएका छन्।पक्राउ पुर्जी खारेजी,सरकारसँगको ३ बुदे सहमतिको कार्यान्वयन र बन्दी साथीहरुलाई रिहाई गर्ने मागसहित जुलुस गरिएको हो।

नेकपा प्यूठानका ३० जना बढी नेता,युवा र कार्यकर्ताको उपस्थितिमा जुलुस गरिएको सेक्रेटरी सी ले बताए।साथै बुधबार पुत्ला दहन,बिहिवार जनप्रदर्सन गर्ने कार्यक्रम रहेको युवा संघका अध्यक्ष मुक्ती पोख्रेलले जनाएका छन।

नेकपा का महासचिव विप्लव सी  सहित ४ नेता विरुद्ध  सोमबार जिल्ला अदालत काठमाण्डौले २०७६ सालको असोज ९ गते दायर भएको मुद्दामा उनिहरुमाथी संघीय ईकाईहरुबिच तथा विभिन्न जातजाति वा सम्प्रदाय हरुबिचको सुसम्बन्धमा खलल पारेर राज्य विरुद्धको कसुर गरेको अभियोगमा  पक्राउ पुर्जी जारी गरिएको छ।

सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा विप्लवसहित पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा र अखिल नेपाल किसान महासङ्घका अध्यक्ष राजु कार्कीको नाममा पक्राउ पुर्जी जारी भएको हो । जिल्ला अदालत काठमाण्डौले गोरखापत्रमा प्रकाशन गरेको सूचनामा उनीहरूलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ ।

फोटोहरु हेर्नुहोस:

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation