पल्टिएको ढुङ्गा लागेर प्यूठानमा बालिकाको मृत्यु !

मंसिर २३,प्यूठान।प्यूठानमा भिरबाट पल्टिएको ढङ्गा लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको गौमुखी गाउँपालिका २ अर्खाकी १५ बर्षिय जुनमाया थापा मगरको ढुङ्गा लागेर मृत्यु भएको हो ।

शनिबार विहान करिब ७ बजेको समयमा घाँस काट्न जाने क्रममा जुकेपानी भन्ने ठाउँमा भिरबाट पल्टिएको ढुङ्गा लागेर बालिकाले मृत्यु भएको वडाध्यक्ष डोर बहादुर राना मगरले जानकारी दिए । उनका अनुसार बालिकाले अर्खा माध्यमिक विद्यालय सेल्पुमा कक्षा ६ मा अध्ययन गर्दै आएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation