राप्रपा नेपालको कन्द्रीय समिति बैठक आज बस्दै

२४ मंसिर, काठमाडौं : राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै छ ।

बिहान ११ बजे बस्ने बैठकमा पार्टी अध्यक्ष कमल थापाले ‘भ्रष्ट व्यवस्थाको अन्त्य, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दू राष्ट्रको स्थापना, सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण’ शीर्षकको राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने छन् ।

यसैगरी महामन्त्री राजाराम बर्तौलाले संगठन विभागको प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पनि पेश गर्ने छन् ।

महामन्त्री राजाराम बर्तौलाले केन्द्रीय समितिको बैठक आज र भोलि दुई दिन चल्ने जानकारी दिए । भोलि दिउँसो काठमाडौं उपत्यका भेला मार्फत बैठकका निर्णयहरु सार्बजनिक गर्ने उनले जानकारी दिए ।

केन्द्रीय समितिको बैठक अघि शनिबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको थियो । बैठकले राजनीतिक कार्यपत्र तथा प्रतिवेदनहरु पास गर्नुका साथै केन्द्रीय समिति बैठकका एजेन्डासमेत तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation