शान्ति प्रक्रियाका काम टुंग्याउन लागेपछि सरकारमाथि षड्‌यन्त्र : प्रधानमन्त्री

सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले दुबईबाट फर्किंदै गर्दा आफूले ठूलो षड्‌यन्त्रको नमूना पाएको बताए। उनले राष्ट्र, जनता, संविधान र लोकतन्त्रको हितमा आफू अघि बढिरहेको बताए। उनले दुष्प्रचार गर्नेहरूलाई सोही स्तरबाट प्रतिवाद गर्न पनि आग्रह गरे।

उनले भने, ‘अर्बौंको पहिला भएका भ्रष्टाचारका काण्डभन्दा एनसेलमा सयौँ गुणा ठूलो भ्रष्टाचार प्रचण्डले गरेको छ भनेर प्रचार भयो। म दुबईबाट फर्किंदै गर्दा मैले दुष्प्रचार र षड्‌‌यन्त्रको रूपमा त्यसलाई लिएँ। म राष्ट्र, जनता र लोकतन्त्रको हितमा दृढतासाथ अघि बढेँ। तपाईं हामी जनता र राष्ट्रको पक्षमा सत्य लेख्ने बोल्ने भएकाले यस्ता झूटा प्रचारको प्रतिवाद गर्नुपर्छ र जनतालाई सही सूचना दिनुपर्छ।’

प्रधानमन्त्री दाहालले शहीद, बेपत्ता योद्धाका परिवार लगायत पीडितलाई आइतवार बालुवाटारमा भेट्दा एकथरीलाई पचाउन कठिन भइरहेको बताए। उनले सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन लागेपछि सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्ने षड्यन्त्र भइरहेको दाबी गरे।

प्रधानमन्त्री दाहालले राम्रा काम दबाइदिने र हुँदै नभएका प्रचार गर्ने प्रतिक्रियावादीहरू सल्बलाएको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation