यू-१९ एसिया कपमा आज नेपालल र भारत भिड्दै

नेपाल र भारतबीचको खेल दुबईस्थित आईसीसी क्रिकेट एकेडेमी मैदान-२ मा हुनेछ ।

समूह ए मा नेपाल यसअघि दुवै खेलमा पराजित भएको थियो भने भारतले एक जित र एक हारको नतिजा निकालेको छ ।

नेपाल पहिलो खेलमा पाकिस्तानसाग ७विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

सेमिफाइनल पुग्न भारतलाई जितको आवश्यकता छ । तर नेपालको हकमा भने सेमिफाइनल पुग्न भारत विरुद्ध ‘मिराकल विन’ आवश्यक छ ।

अर्को खेलमा पाकिस्तानले अफगानिस्तानमाथि ठूलो जित निकाल्ने र नेपालले पनि भारत विरुद्ध सानदार जित निकाले मात्र सेमिफाइनल पुग्नेछ ।

यस समूहमा दुई खेल जितेको पाकिस्तान ४ अंकसहित शीर्ष स्थानमा छ र सेमिफाइनल पुग्ने बलियो सम्भावना छ । भारत र अफगानिस्तानको समान २ अंक छ भने नेपाल अंकविहीन छ ।

यू-१९ क्रिकेटमा नेपाल र भारतबीच पछिल्लो पाँच खेलमा भारतले चार खेल जितेको छ भने नेपालले एक खेल मात्र जितेको छ । सन् २०१७ मा भएको यू१९ एसिया कपमा नेपालले भारतमाथि १९ रनको ऐतिहासिक जित हात पारेको थियो ।

२०१८ मा भएको खेलमा भने नेपाल भारतसँग १७१ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation