‘उहाँले भर्खरै राजीनामा बुझाएर जानुभएको छ,’ मन्त्री रिजालले भने, ‘भोलि बुधबार २७ मंसिरबाट लागू हुनेगरी कार्यकारी निर्देशक थानीले राजीनामा बुझाउनुभएको छ ।’ राजीनामाको कारणबारे भने मन्त्री रिजालले केही खुलाएनन् ।
सरकारले २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यकारी छनोट समितिले गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौला र सुर्खेतका थानीको नाम कार्यकारी नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।
सिफारिसमा परेका तीन जनामध्ये तत्कालीन शेरबहादुर देउवा मन्त्रिपरिषद्ले थानीलाई निगमको जिम्मेवारी सुम्पिएको थियो । थानीले निगममा एक वर्ष नौ महिना काम गरे ।