बालकृष्ण खाणकाे बिषयमा आज सुनुवाइ हुने

यसअघि उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा राय बाझिएको थियो। पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्छ र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएका थिए।

दुई न्यायाधीशको राय बाझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार आज एकल इजलासमा सुनुवाइ गर्ने तय भएको हो। आज गोलाप्रथाबाट छानिएका न्यायाधीशको इजालासले खाण थुनामै रहने कि धरौटी वा साधारण तारेखमा रिहा हुने भन्ने विषयमा आदेश दिनेछ।

गत मंसिर १५ गते उच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेकामध्ये ९ जनालाई थुनामै राख्ने, ६ जनालाई धरौटीमा रिहा गर्ने र चार जनालाई साधारण तारेखमा रिहा गर्ने फैसला गरेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation