यू-१९ एशिया कप : बाहिरिए भारत र पाकिस्तान, उपाधिका लागि बंगलादेश र यूएई भिड्ने

आज (शुक्रवार) भएको सेमिफाइनलमा उपाधि दावेदार मानिएको भारत बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिँदा पाकिस्तान घरेलु टोली यूएईसँग ११ रनले पराजित भएको हो।

जितका लागि भारतले दिएको १८९ रनको लक्ष्य बंगलादेशले ४२ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो। गलादेशको जितमा अरिफुल इस्लामले सर्वाधिक ९४ रन र अहरर अमीनले ४४ रनको योगदान गरे।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारत ४२ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १८८ रनमा समेटियो। भारतका लागि मुरुगन अभिषेकले सर्वाधिक ६२ रनको योगदान गरे। मुशीर खानले ५० र प्रियांशु मोलियाले १९ रन जोडेका थिए।

आजै भएको अर्को खेलमा घरेलु टोली यूएईले पाकिस्तानलाई ११ रनले हराउँदै उपाधिका लागि बंगलादेशसँग भेट पक्का गरेको छ।

जितका लागि यूएईले दिएको १९४ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४९ ओभर ३ बलमा अलआउट हुँदै १८२ रनमा समेटियो। पाकिस्तानका लागि कप्तान साद बेगले सर्वाधिक ५० तथा अजान अवैसले ४१ रन जोडे पनि अन्य खेलाडीले सम्झनलायकको प्रदर्शन गर्न सकेनन्।

त्यसअघि आईसीसी एकेडेमीमा भएको पहिलो खेलमा यूएईले पाकिस्तानसामु जितका लागि १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेको पाकिस्तानले पहिले फिल्डिङ रोजेपछि शुरुवाती ब्याटिङ थालेको यूएई ४७ ओभर ५ बलमा अलआउट हुँदै १९३ रनमा समेटियो। ​यूएईका लागि कप्तान आयान अफजा खानले सर्वाधिक ५५ रनको योगदान गरे। आर्यन शर्माले ४६ तथा इथान डिसुजाले ३७ रन जोडे।

उपाधिका लागि पर्सी (आइतवार) बंगलादेश र यूएईबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation