शशिधर भण्डारी
चीनमा माओको निधनलगत्तै संशोधनवादीहरुले विजय प्राप्त गरेका थिए । महान सर्वहारा सांस्कृतिक क्रान्तिका सेनानीहरुलाई मुद्दा चलाएर जेल चलान गरिएको थियो । चीनमा नयाँ जनवादी व्यवस्थामा विश्राम लिने राजनीतिक विचारले विजय प्राप्त गरिसकेपछि वर्ग संघर्ष र समाजवाद निर्माणको प्रक्रिर्या पछाडि पर्न गयो र यसका ठाउँमा खुलापन र उत्पादन संघर्षको कार्यनीति अगाडि आयो । जसको परिणाम चीनमा आजसम्म समाजवाद निर्माणको प्रक्रिया पुरा नभएको कुरा चिनियाँ कम्युनिस्ट पार्टीले नै बताइरहेको छ । चीनले विकास र समुद्धिको महारथ त प्राप्त गरेको छ तर आजसम्म धनी र गरिब बिचको गहिरो खाडल रहिरहनु, भ्रष्टाचारको समस्या रहिरहनु निश्चय नै पूँजीवादका अन्तरवस्तुहरु हुन् । चीनमा नयाँ जनवादी व्यवस्थामा विश्राम लिने कार्यनीतिले चीनलाई त्यो स्थानमा पुर्याउला रु विचारणीय छ । नेकपा ९एमाल०, नेकपा ९एकीकृत समाजवादी०, नेकपा ९माओवादी० केन्द्र जस्ता घटकहरुले नेपालमा राजनीतिक क्रान्ति पूरा भएको र अब आर्थीक क्रान्तिको कार्यभार मात्र बाँकी रहेको विश्कर्ष निकालेका छन् र तिनीहरुले पूँजीवादी लोकतान्त्रिक गणतन्त्रलाई जोगाएर मुलुकलाई समाजवादी संक्रमणको दिशामा अगाडि बढाउन सकिने तर्क पनि गरिरहेका छन् । चीनमा कम्युनिस्ट पार्टीले नेतृत्व गरेको नयाँ जनवादी व्यवस्थाबाट मुलुकलाई समाजवादी संक्रमणको दिशामा अगाडि बढाउन त त्यति ठुलो अन्तरसंघर्षबाट गुज्रनपर्यो । चीनको नयाँ जनवादी व्यवस्था प्रतिक्रियावादी व्यवस्था थिएन । नेपालमा स्थापना भएको लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको नेतृत्व सामन्त, दलाल तथा नोकरशाही पूँजीपति वर्गले गरिरहेको छ ।
आज अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलन अत्यन्तै कमजोर र रक्षात्मक अवस्थामा छ । सोभियत रुस र पूर्वी यूरोपमा घोषित रुपमा पूँजीवादको पूनस्र्थापना भएको समयले तीन दशक पार गरिसकेको छ । चीनमा सन् १९७६ मा माओको निधन भएपछि एक महिना पनि पूरा नहुँदै महान सर्वहारा सांस्कृतिक क्रान्तिको अन्त भयो । चीनको कम्युनिस्ट पार्टी देङस्याओपिङको नेतृत्वमा वर्ग संघर्षलाई प्राथमिकता नराखेर एकोहोरो उत्पादन संघर्षको दिशामा मात्रै अघि बढ्यो, वर्गसंघर्ष प्राथमिकतामा परेन, जसको स्वभाविक परिणाम आजको विकास र समृद्धिको हिसाबले महाशक्ति राष्ट्रका रुपमा उदाएको चीनमा धनी र गरिब बिचको असमानता र भ्रष्टाचार मुख्य समस्याको रुपमा रहेको बताइन्छ । चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको समयले सात दशक पूरा गरिसकेको परिदृश्यमा धनी र गरिबहरुबिचम रहेको गहिरो खाडल नपुरिनु र भ्रष्टाचार चिनियाँ कम्युनिस्ट पार्टी र सरकारका अगाडिको ठुलो समस्याका रुपमा रहिरहनु् चिनियाँ राजनीतिक शक्ति र सत्ताका निमित्त सानो हाँक होइन । सन् १९९० मा तत्कालीन सोभिएत रुस सङ्घ र र पूर्वी यूरोपमा घोषित रुपमा नै पूँजीवादको पूनस्र्थापना भएपछि अमेरिका र सोभिएत संघका बिचमा चलेको सीत युद्धको पनि समापन भयो । विश्वका धेरै लेखकहरुले त्यो पूँजीवादको पूनस्र्थापना वा प्रतिक्रान्तिलाई एउटा बिचारधारा मात्र होइन एउटा इतिहासको अन्त्य भएको घोषणा समेत गरे । तर त्यो घोषणालाई समयले गलत साबित गरिदियो । मात्रात्मक रुपमा भएपनि विश्वको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अगाडि बढ्यो र बढिरहेको छ ।
सन् १९४९ मा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । उक्त क्रान्ति प्रेणता माओत्सेतुङ हुन् । माआत्सेतङले नयाँ जनवादी क्रान्तिको सिद्धान्त लेनिन स्टालीनले उद्घोषण गरेको जनताको जनवादी क्रान्तिको सिद्धान्तलाई परिभाषासहित विकास गरेका छन् । नयाँ जनवाद समाजवादी क्रान्तिको व्यवस्था हो । यो व्यवस्था पूँजीवादको विकास नभएको अर्धसामन्ती, अर्धउपनिवेशिक, आश्र्रीत र कृर्षि प्रधान अर्थतन्त्र भएका मुलुकमा लागू गरिने नयाँ प्रकारको पूँजीवादी व्यवस्था हो । यो व्यवस्थामा सर्वहारा वर्गको प्रतिनीधित्व गर्ने कम्युनिस्ट पार्टीको सर्वोपरी नेतृत्व हुन्छ, जुन व्यवस्थामा पूँजीको विकास गरेर बैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्य राखिएको। हुन्छ । नयाँ जनवादी सिद्धान्तलाई कार्यरुप प्रदान गर्नका लागि माओत्सेतुङ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीले सन् १९४९ को सेप्टेम्वर महिनामा संविधान निर्माण गर्ने केद्रीय सरकारको मौलिक विधिलाई स्विकृत प्राप्त गर्ने एउटा सम्मेलनको आयोजना गर्यो । यो सम्मेलनमा २३ वटा पार्टीको ६ सय ६२ प्रतिनिधिले भाग लिएका थिए । २१ सेप्टेम्बरमा यसको अधिवेशन सुरु भयो । अधिवेशनले असल चिनियाँ कांग्रेको गठन गर्यो । त्यसको अध्यक्षमा माओ चुनिएका थिए । यो कांग्रेशमा विभिन्न पार्टीहरुले प्रतिनिधित्व गरेका थिए । सो कांग्रेसले एउटा ‘सेन्ट्रल पिपुल्स गभर्मेन्ट काउन्सिल’ चिनको नयाँ जनवादी सत्ताको मन्त्रिमण्डलको भुमिकामा रहने व्यवस्था गरियो । सो प्रशासनिक काउन्सिलको अध्यक्षलाई प्रधानमन्त्रीका रुपमा नामाकरण गरियो । यसका साथसाथै सर्वोच्च जनवादी अदालत र क्रान्तिकारी सैनिक काउन्सिलको पनि स्थापना गरियो । यसरी नयाँ जनवादी चीनको राज्य संचालनका निकायहरुमा गैर साम्यवादीहरुलाई पनि स्थान दिइएको थियो । चीनको समग्र राज्य व्यवस्थको प्रमुखमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताको रुपमा माओत्सेतेङ नै रहे ।
जनवादी सरकारले चीनका गैर साम्यवादीहरुका विवाद र सुझावहरुलाई सुन्ने र जनमुखि सुझावहरुलाई ग्रहण गर्ने पनि गर्दथे । कतिपय इतिहासकारहरुले आलोचक प्रतिपक्षी नरहेको तर सुझावकर्ता, आलोचक र सहयोगी रहेको नयाँ प्रकारको समन्यात्मक जनवादी प्रणाली पनि भनेका छन् । निसन्देहः नयाँ जनवाद कम्युनिस्ट पार्टी नेतृत्वको नयाँ प्रकारको पूँजीवादी व्यवस्था थियो, जसका लक्ष्य पूँजीवादको विकास गरेर सामा्रज्यवादतिर जाने होइन पूँजीको विकास गरेर समाजवादतिर जाने थियो । चीनको नयाँ जनवादी सरकारले “भोलेन्टियर्सको अभियान” नामक गीतलाई राष्ट्रिय गीत बनाए । रातो भूमिमा पाँचवटा तारा भएको राष्ट्रिय झण्डाको निर्माण गर्यो । आजपनि चीनको राष्ट्रिय झण्डा त्यही नै हो । सन १९५४ पश्चात चीनमा वर्ग संघर्ष र उत्पादन संघर्षलाई एकसाथ जोडेर अगाडि बढाउँदै बैज्ञानिक समाजवादी स्थापना गर्ने दिशामा माओले जोड दिंदै व्यवहारिक कार्यक्रमको प्रस्ताव गरे । माओले नयाँ जनवादी क्रान्ति पुरानो भएकाले समाजवादी क्रान्तिको नारामा पार्टीलाई अगाडि बढाउने बताए । तर लिउ साओची र देङस्याओपिङहरुले उत्पादन संघर्षमा मात्र जोड दिनुपर्ने तर्क गर्दै नयाँ जनवादी व्यवस्थाको पक्षमा विचार राखे, नयाँ जनवादी व्यवस्था एउटा नयाँ पूँजीवादी व्यवस्था भएकोले त्यो व्यवस्थालाई फेरी पनि बचाउन पर्ने आवश्यकतामा जोड दिनु निश्चित रुपमा पूँजीवादपरस्त विचार थियो । चीनमा समाजवादी क्रान्ति कि नयाँ जनवादी व्यवस्थामा विश्राम रु भन्ने प्रश्नमा माओत्सेतुङ र लिउसाओची तथा देङस्याओपिङहरुका बिचमा गम्भीर मतभेद र अन्तरसंघर्षको स्थिति पैदा भयो । उत्पादन र विकास मुख्य कुरा हो । त्यो कुरा समाजवादबाट प्राप्त हुन्छ कि पूँजीवादबाट रु भन्ने प्रश्न प्रधान प्रश्न होइन भन्ने मत देङस्याओपिङको थियो ।
चिनियाँ कम्युनिस्ट आन्दोलनको इतिहासमा देङस्याओपिङको ‘बिरालो सिद्धान्त’ प्रसिद्ध छ । उनको भनाई मुख्य काम मुसा मार्ने हो । मुसा कालोले मारोस् वा सेतो बिरालोले यो मुख्य होइन भन्ने उनको मत थियो । यसको अर्थ उत्पादन विकास समाजवाद या पूँजीवाद जुन व्यवस्था भएपनि हुन्छ भन्ने हो । चीनको कम्युनिस्ट पार्टीमा पूँजीवाद कायम राख्ने कि मुलुकलाई समाजवादी संक्रमणको मार्गमा अगाडि बढाउने भन्ने कुरामा भीषण अतरसंघर्ष चल्यो । चीनको कम्युनिस्ट पार्टीमा नयाँ जनवादको पक्षमा मात्र उभिने दक्षिणपंथीहरुको बहुमत हुँदै जान थाल्यो । यसको प्रभाव केन्द्रमा बढि पर्यौ । माओत्सेतुङको जनतामा अपार विस्वास थियो । त्यसैले माओ तल्ला समितिहरु र जनताका बिचमा गए । माओको क्रान्तिकारी लाइनको पक्षमा लाखौँ कार्यकर्ताहरु थिए । माओले तल्ला समितिहरुलाई साथमा लिएर ‘पूँजीवादी मुकाममाथि बम वर्षाउन’ आह्वान समेत गरे । दक्षिणपंथीहरुले विचारमाथि दमन गर्ने थाले । माओले सयौँ फूलहरु फूल्न देउ, सयौँ विचारलाई लेख्न देउ भनेर अर्को आह्वान गरे । पार्टी केन्द्रको बहुमत दक्षिणपंथी दिशामा गएको सोभियत संशोधनवादको प्रभावमा परेको परिदृष्यमा पार्टीमा पूराना विचार, आनीबानी, आदत् र आचरणमासमेत परिवर्तन आएन । त्यस्तो प्रवृत्तिका विरुद्धमा सन् १९६६ मा चीनमा माओत्सेतुङको नेतृत्वमा पूँजीवादी मुकामको विरुद्धमा महान सर्वहारा सांस्कृतिक क्रान्तिको घोषणा हुन पुग्यो । माओले पार्टी भित्रको अन्तरसंघर्षको दौरानमा चीनमा पूँजीवादले जित्छ कि समाजवादले भन्ने कुराको तत्काल निश्कर्ष निकाल्न नसकिने बताएका थिए ।
चीनमा माओको निधनलगत्तै संशोधनवादीहरुले विजय प्राप्त गरेका थिए । महान सर्वहारा सांस्कृतिक क्रान्तिका सेनानीहरुलाई मुद्दा चलाएर जेल चलान गरिएको थियो । चीनमा नयाँ जनवादी व्यवस्थामा विश्राम लिने राजनीतिक विचारले विजय प्राप्त गरिसकेपछि वर्ग संघर्ष र समाजवाद निर्माणको प्रक्रिर्या पछाडि पर्न गयो र यसका ठाउँमा खुलापन र उत्पादन संघर्षको कार्यनीति अगाडि आयो । जसको परिणाम चीनमा आजसम्म समाजवाद निर्माणको प्रक्रिया पुरा नभएको कुरा चिनियाँ कम्युनिस्ट पार्टीले नै बताइरहेको छ । चीनले विकास र समुद्धिको महारथ त प्राप्त गरेको छ तर आजसम्म धनी र गरिब बिचको गहिरो खाडल रहिरहनु, भ्रष्टाचारको समस्या रहिरहनु निश्चय नै पूँजीवादका अन्तरवस्तुहरु हुन् । चीनमा नयाँ जनवादी व्यवस्थामा विश्राम लिने कार्यनीतिले चीनलाई त्यो स्थानमा पुर्याउला रु विचारणीय छ । नेकपा ९एमाल०, नेकपा ९एकीकृत समाजवादी०, नेकपा ९माओवादी० केन्द्र जस्ता घटकहरुले नेपालमा राजनीतिक क्रान्ति पूरा भएको र अब आर्थीक क्रान्तिको कार्यभार मात्र बाँकी रहेको विश्कर्ष निकालेका छन् र तिनीहरुले पूँजीवादी लोकतान्त्रिक गणतन्त्रलाई जोगाएर मुलुकलाई समाजवादी संक्रमणको दिशामा अगाडि बढाउन सकिने तर्क पनि गरिरहेका छन् । चीनमा कम्युनिस्ट पार्टीले नेतृत्व गरेको नयाँ जनवादी व्यवस्थाबाट मुलुकलाई समाजवादी संक्रमणको दिशामा अगाडि बढाउन त त्यति ठुलो अन्तरसंघर्षबाट गुज्रनपर्यो । चीनको नयाँ जनवादी व्यवस्था प्रतिक्रियावादी व्यवस्था थिएन । नेपालमा स्थापना भएको लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको नेतृत्व सामन्त, दलाल तथा नोकरशाही पूँजीपति वर्गले गरिरहेको छ । राष्ट्रिय पूँजीपति वर्गले समेत आफ्नो अस्तित्व धान्न सकिरहेको छैन । मुलुक अर्धऔपनिवेशिक अवस्थाबाट मुक्त छैन । राजनीति अपराधिकरण र अपराध राजनीतिकरण भइरहेको छ । माफिया, कमिसनखोर, दलाल, राष्ट्रघाती, योजना अलपत्र पार्ने ठेकेदार, डनहरु, शोषक र राष्ट्रिय ठगहरुको हालीमुहाली राजनीतिमा बढ्दै गइरहेको छ । यो एउटा जनविरोधी र प्रतिक्रियावादी व्यवस्था हो । त्यसैले यस्तो व्यवस्थाबाट मुलुकमा समाजवाद स्थापना गर्न सकिन्छ, राजनीतिक क्रान्तिको अभियान समापन भयो भन्ने वामपंथी फर्मान एक घातक र भ्रामक फर्मान हो ।
यो व्यवस्थासित अन्तरसम्बन्ध होइन अन्तरबिरोधलाई प्रधान स्थानमा राख्दै आएको नयाँ जनवादी क्रान्तिलाई न्युनतम कार्यक्रम मान्दै आएको नेकपा मसालको बहुमत पक्ष पनि गत २०७६ जेठमा सम्पन्न आठौँ महाधिवेशनबाट यो प्रतिक्रियावादी व्यवस्थालाई जीवनमरणको लडांई लडेर भएपनि जोगाउनुपर्ने, यही व्यवस्थामा समाजवादका पूर्वाधारहरु तयार गर्न सकिने, प्रतिक्रियावदी संसदमा भाग लिने र सरकारमा सामेल हुने कुरालाई दस्तावेजीकरण गरेर रणनीति जस्तो बनाउने , सर्वहारा वर्गको अधिनायकत्व, वर्ग संघर्ष र सशस्त्र संघर्षलाई व्यवस्था परिवर्तन र समाजवाद निर्माणको अभियानमा अनिवार्य नठान्ने दलाल तथा नोकरशाही पूँजीपति वर्गलाई नेपाली श्रमजीवि समाजको प्रमुख सत्रु नठान्ने दृष्टिकोणमा पुगेको छ । आठौँ महाधिवेशबाट पारित दस्तावेजमा संगठनात्मक प्रणालीका प्रश्नहरुमा पनि कैयौँ दक्षिणपंथी विचारहरु प्रकट भएका छन् । आठौँ महाधिवेशनको नेकपा ९मसाल०को दस्तावेजले दक्षिणपंथी संसोधनवाद तिरको गंभीर पथ विचलनको धार समातेको छ । समग्रमा भन्नुपर्दा ठुला भन्ने ‘वाम’ घटकको तुलनामा मसालको लाइन मात्रात्मक रुपमा प्रगतिशील भन्न त सकिएला किनभने मसालले नेपालमा राजनीतिक क्रान्ति समापन भयो भन्न सकेको छैन तर निश्कर्षमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी आदिले सिधा कान समातेका छन् भने मसालले घुमाएर कान समातेको छ । फरक त्यत्तिमात्र हो । साम्यवादी आन्त्दोलनमा क्रान्ति निरन्तर चल्ने प्रक्रिया हो । जुन समाजवादमा पनि जारी रहन्छ । किनभने समाजवादको गर्भमा पनि पूँजीवादको पैदा हुने खतरा रहन्छ ।
विश्वका कैयन समाजवादी मुलुकहरुमा समाजवादको गर्भबाट पूँजीवादको पैदा भएर नै समाजवादको विघटन र पूँजीवादको पूनस्र्थापना भएको हो । त्यसैले माओले समाजवादमा पनि वर्ग संघर्ष जारी रहने बताएका छन् । माओको यो। भनाई सोभियत रुसको इतिहासको गम्भीर पाठ थियो। स्टालिनले सन १९३६ तिर नै सोभियत रुसमा वर्ग संघर्ष समाप्त भएको बताए । पछि स्टालिनको निधन पश्चात सोभियत समाजवादको गर्भबाटै पूँजीवादको आयात भयो । सोभियत संघले गम्भीर दुष्परिणाम भोग्नपर्यो । कार्यनीतिक रुपमा एउटा तानाशाही व्यवस्थाको तुलनामा संसदीय प्रतिक्रियावदी व्यवस्थाले एक कदम प्रगतिशील महत्व राख्न सक्छ । तर रणनीतिक रुपमा नै संसदीय व्यवस्थाको स्थापना भएपछि राजनीतिक क्रान्तिको समापनको घोषणा गर्नु भनेको डरलाग्दो दक्षिणपंथी विसर्जनवादी भड्काव हो । त्यसका साथसाथ अब यो दलाल तथा नोकरशाही पूँजीपति वर्गले नेतृत्व गरेको संसदीय प्रतिक्रियावादी लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा जनमत सृष्टी गर्दै नयाँ जनवजादी गणतन्त्रलाई विकल्पका रुपमाप्रस्तुत गर्दै प्रचारात्मक आन्दोलन अगाडि बढाउनु त कहाँ हो कहाँ उल्टै अग्रमोर्चामा रहेर यहि भ्रष्ट व्यवस्था जोगाउने भन्ने नेकपा मसालको बहुमत पक्षको राजनीति रहेको छ। यो राजनीति यही प्रतिक्रियावादी व्यवस्थामा विश्राम गर्ने एक तहको विसर्जनवादी राजनीति नै हो । यो नेपाली कम्युनिस्ट आन्दोलनमा पैदा भएको डरलाग्दो वैचारिक संकट र मुल्यविघटन पनि हो । त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ जनवादी समाजवादी क्रान्तिको दिशामा अगाडि बढाउनका निमित्त सच्चा क्रान्तिकारी, माक्र्सवादी, लेनिनवादीहरुका विचमा छलफल, विमर्ष, क्रिया र अन्तरक्रियाको आवश्यकता छ । त्यसमार्फत एउटा क्रान्तिकारी कार्यदिशाको सहि निष्कर्ष सहित कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी ध्रुविकरण आजको आवश्कता हो।