![](https://pranmancha.com/wp-content/uploads/2021/11/20211119_123247-1-scaled.jpg)
प्यूठानकाे नाैबहिनी गाउँपालिका ८ लुप्लुङ निवासी स्वर्गीय लाेकी पाेख्रेलकाे नाममा छाेराहरुले बिद्यालकाे सहयाेगार्थ रु ५० हजारकाे अक्षकाेष स्थापना गर्ने भएका छन् । तेह्रौं दिनकाे पुन्य तीथिमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माअाेवादी केन्द्रद्वारा अायाेजित श्रद्धाञ्जली कार्यक्रममा बाेल्दै निजका छाेरा पदम प्रसाद पाेख्रेलले उक्त अक्षकाेषकाे घाेषणा गरेका हुन् । शिक्षामा गरिएको लगानीले नै समृद्ध एवं स्वाधीन राष्ट्र निर्माणकाे बलियो जग बसाउने भएकोले लुप्लुङ माद्यामिक बिद्यालयमा अक्षकाेष खडा गरिएको उनले बताएका छन् । मृतककाे नाममा अनावश्यक रुपमा गरिने दानपुन्य भन्दा सामाजिक क्षेत्रमा गरिने लगानीले नै मृतककाे उच्च सम्मान हुने भएकोले साे अक्षकाेषकाे स्थापना गरिएको उनलेे बताए । सामाजिक सांस्कृतिक रुपान्तरणमा अत्यन्तै चासाे चिन्तनको साथ नेतृत्वदायी ढंगले हाेमिने लाेकी पाेख्रेलकाे गत कार्तिक २१ गते हृदयघातका कारणले ६३ बर्षकाे उमेरमा असहमायिक निधन भएको थियाे । मृतक लाेकी पाेख्रेलकाे नाममा छाेराहरु दामोदर पाेख्रेल, डेमलाल पाेख्रेल, पदम प्रसाद पाेख्रेल र शाेभाराम पाेख्रेल तथा बुहारीहरु बिमला पाेख्रेल, पुतला पाेख्रेल,पार्वती न्याैपाने र सावित्रा सुवेदीकाे संयुक्त रुपमा साे रकम बिद्यालयलाई उपलब्ध गराउने भएका हुन् । उक्त अक्षकाेषबाट प्राप्त हुने बार्षिक ब्याज रकमले साे बिद्यालयमा अध्ययनरत गरिब,जेहेन्दार तथा अनुशासित बिद्यार्थीहरुलाई पुरस्कृत गरिने भएको छ । मृतक लाेकी पाेख्रेलकाे श्रीमान खिमलाल पाेख्रेलकाे अध्यक्षतामा भएको कार्यक्रमकाे प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला ईन्चार्ज जागृति रहनुभएकाे थियाे । प्रमुख अतिथि जागृतिले हिन्दु समाजकाे कुरिति र कुसंस्कारकाे विरुद्ध बलियाे अडान लिदै करियामा सहभागी नहुनुले सबै सच्चा माक्र्सवादीहरुकाे शिर उँचाे पार्न सफल भएकोमा पदम पाेख्रेललाई बिशेष धन्यवाद व्यक्त गरे । उनले सबै परिवर्तनकामी क्रान्तिकारीहरु तथाकथित धर्म व्यवस्थाले थाेपरेका रुढीबादी कुसंस्कार र कुरितिकाे विरुद्ध एकताबद्ध भएर लागेमा समाजमा अग्रगामी रुपान्तरण सम्भब हुने भन्दै अाफुहरुले सारा समस्या समाधानको लागि निरन्तर लडिरहेको पनि बताए । कार्यक्रममा नाैबहिनी गाउँपालिकाका उपाध्यक्ष तथा पालिका सेक्रेटरी सचिन, जनपत्रकार संगठनका लुम्बिनी प्रदेश उपाध्यक्ष राजेन्द्र, युवा संगठन नेपालका केन्द्रीय सदस्य हरि बस्नेत, अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष गगन गिरी, पत्रकार हरि भण्डारी, नाेमराज पाैडेल,८ नं.वडाध्यक्ष अाेविराम, विभिन्न राजनैतिक प्रतिनिधि अन्य पत्रकार, मृतक परिवारका अाफन्तजन, स्थानीय लगायतको उपस्थिति रहेकाे थियाे । श्रद्धाञ्जली कार्यक्रमकाे संचालन दलित मुक्ति माेर्चाकाे नाैबहिनी गाउँपालिका प्रमुख केशब विकले गरेका थिए ।
हिन्दु संस्कार अनुसार गरिएन काजकिरिया
![](https://pranmancha.com/wp-content/uploads/2021/11/23B-1-673x1024.jpg)
![](https://pranmancha.com/wp-content/uploads/2021/11/23B-1-673x1024.jpg)
मृतक लाेकी पाेख्रेलका ४ भाई छाेराहरु मध्य पदम प्रसाद पाेख्रृेलले हिन्दु संस्कार अनुसार काजकिरियामा सहभागी भएनन् । उनले अाफु कम्युनिस्ट पार्टीको असल भाैतिकवादी हुनुकाे नाताले जिवित अात्माकाे सम्मान र सहयाेग नै साँचाे मानवीय कार्य भएकोले मृत्यु पश्चात गरिने कठाेर काजकिरिया बुर्जुवा चेतनाकाे उपज हाे भन्ने जिकिर गर्दै अाफु किरिया नबसेकाे बताएका छन् । उनले अाफु कुनैपनि धर्ममा अास्था नराख्ने भएकोले मृत्यु पश्चातकाे स्वर्ग वा नर्गकाे कहानी सबै पुरातनवादी हाे-हल्ला भएको बताए । हरेक सचेत युवाहरुले अग्रगामी सामाजिक राजनीतिक रुपान्तरणकाे झण्डा बाेक्न अनिवार्य भएकोले असल माक्र्सवादीहरु यस्तोखाले काजकिरियामा सहभागी नहुन अाग्रह पनि गरे । अाफुले गरेकाे याे निर्णय समाजमा माैजुदा अन्धविश्वास र कुरितिकाे विरुद्ध एउटा सांस्कृतिक क्रान्तिनै भएकोले अग्रगामी सामाजिक सांस्कृतिक रुपान्तरणकाे दिशामा काेसेढुङगा साबित हुने बताए ।