सन्दीप लामिछानेविरुद्धको मुद्दा अब बुधबार सुनुवाइ हुने

८ पुस, काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले निरन्तर सुनुवाइ गर्ने भएको छ ।

आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्ने आदेश दिएको छ ।

सोमबार र मंगलबार सार्वजनिक विदा भएकाले बुधबार उक्त मुद्दा न्यायाधीश ढकालकै इजलासमा सुनुवाइ हुनेछ ।

आइतबारदेखि जिल्ला अदालतको बन्द इजलासमा मुद्दाको सुनुवाइ भएको हो ।

आइतबार किशोरीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीले बहस गरेका थिए । बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश भएको भएको हो।

क्रिकेटर सन्दीप लामिछानेमाथि गत वर्ष एक किशोरीलाई होटलमा लगी बलात्कार गरेको अभियोग लागेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation