आमाछोराले गरे एउटै रुखमा झुण्डिएर आत्महत्या

प्युठानको झिमरुक गाउँपालिका ३ पिपलवोटमा आमा छोराले झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा गाउँपालिका ३ पिपलवोट निवासी छोरा २३ वर्षीय विशाल खड्का र आमा ३५ वर्षीया विष्णा खड्का रहेको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एम.सीले प्राणमञ्चसँग बताएका छन् ।

 

उनका अनुसार राती सुतेको समयमा ११ बजेदेखि हराएको १३ वर्षीय छोरीले स्थानीयलाई खबर गरेपछि खोजतलास गर्दै जाँदा नीज आमा छोरालाई एउटै रुखमा झुण्डिएको अवस्थामा स्थानीयले फेला पारेका हुन् । त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । अहिले घटनाको बारेमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलतर्फ गइरहेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निज मृतक साैतेनी आमाछाेरा भएको पारिवारिक स्राेतले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation