घाेराही नगर रनिङ सिल्डकाे उपाधि गाेरखालाई

गत आइतबारदेखि घाेराहीमा जारी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन घाेराही नगर समितिकाे आयाेजनामा सम्पन्न “दाेस्राे प्याब्सन घाेराही रनिङ सिल्ड २०८०” काे उपाधि गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराही दाङले प्राप्त गरेकाे छ ।

गाेरखाले रनिङ सिल्डमा समावेश खेलहरूमा १२ स्वर्ण पदक, ६ रजत पदक र ५ कास्य पदकसहित रनिङ सिल्डकाे उपाधि चुमेकाे हाे ।

तीन दिनसम्म चलेकाे प्रतिस्पर्धामा डिभाइन एकेडेमीले ३ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गर्दै उपविजेता भएकाे छ भने जनज्योति विद्याश्रमले २ स्वर्ण , ४ रजत र ३ कास्य पदक प्राप्त गरी तृतीय स्थान प्राप्त गरेकाे छ ।

मेचीकाली सेकेन्डरी स्कुलले २ स्वर्ण, १ रजत र २ कास्य पदक प्राप्त गरी सान्त्वना स्थान प्राप्त गरेकाे छ भने सनराइज एकेडेमीले २ स्वर्ण पदक र १ रजत र १ कास्यपदक प्राप्त गरेकाे छ ।

स्टार आवासीय माविले २ स्वर्ण, १ रजत पदक प्राप्त गरेकाे छ भने सिद्धार्थ एकेडेमीले २ स्वर्ण पदक प्राप्त गरेकाे छ ।

युनिक मिड वेस्टर्नले १ स्वर्ण र २ रजत र २ कास्य पदक प्राप्त गरेकाे छ । ज्याेतिपुञ्ज आवासीय माविले १ स्वर्ण, १ रजत र ४ कास्य पदक प्राप्त गरेकाे छ ।

ज्याेतिपुञ्ज माेडेलले १ स्वर्ण, १ रजत र २ कास्य पदक प्राप्त गरेकाे छ । ज्ञानमाला एकेडेमी १ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरेकाे छ ।

मदन भण्डारीले १ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरेकाे छ । राप्ती आवासीय माविले १ स्वर्ण , १ रजत र १ कास्य पदक प्राप्त गरेकाे छ ।

लालीगुराँस माविले १ स्वर्ण र २ कास्य पदक प्राप्त गरेकाे छ । ज्ञानज्याेति एजुकेसनल एकेडेमीले १ स्वर्ण पदक प्राप्त गरेकाे छ । ग्रेट बुद्ध एकेडेमीले १ स्वर्ण पदक प्राप्त गरेकाे छ ।

त्यस्तै लिटल एञ्जल माविले ३ रजत र १ कास्य पदक प्राप्त गरेकाे छ ।

 

पर्ल एकेडेमीले १ रजत र १ कास्य पदक प्राप्त गरेकाे छ भने दिपशीखा माविले ३ कास्य पदक प्राप्त गरेकाे छ ।

मनकामना आवासीय माविले २ कास्य, अर्किड इडेनले १ रजत , हिन्दू विद्यापीठ १ रजत पदक प्राप्त गरेका छन्

अल्फा मावि १ कास्य, , रमना पाठशाला १ कास्य , शान्ति सुधा मावि १ कास्य, ज्ञानाेदय १ रजत र १ कास्य, पशुपति विद्याश्रमले १ रजत, शान्ति निकेतन विद्यालयले १ कास्य र अरनिको माविले १ कास्य पदक प्राप्त गरेकाे छ ।

कबड्डीमा उत्कृष्ट खेलाडी लिटल एञ्जलका अनिता चाैधरी र भलिवलमा उत्कृष्ट खेलाडी स्टार माविका राेहन बिक घाेषित भएका थिए । प्यलियर अफ द टुनार्मेन्ट गाेरखा घाेराहीका नरबहादुर बस्नेत र करिना कालाथाेकीले प्राप्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि घाेराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चाैधरीले खेल विद्यार्थी जीवनमा पाठ्यक्रमकाे अध्ययन जतिकै आवश्यक रहेकाे बताएका छन् ।

कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख चाैधरीले भने, ` संस्थागत विद्यालयका विद्यार्थीहरूलाई खेलमा सहभागी गराउने उद्देश्यका साथ प्याब्सन घाेराहीले आयाेजनाकाे गरेकाे प्याब्सन रनिङ सिल्ड र उपमहानगरपालिकाले आयाेजना गर्ने राष्ट्रपति रनिङ सिल्डलाई उपमहानगरपालिकाले समान ढङ्गले हेरेकाे र हेर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।´ पढाइसँगै निजी विद्यालयहरूले अतिरिक्त क्रियाकलापमध्ये खेलकुदलाई पनि प्राथमिकताका साथ अगाडि बढाएकाे नगर प्रमुख चाैधरीले आभार प्रकट गरे । घाेराही उपमहानगरपालिकालाई बालमैत्री नगर घाेषणा गर्न संस्थागत विद्यालयले खेलेकाे भूमिका अविस्मरणीय रहेकाे बताउँदै प्रमुख चाैधरीले खेलकुदकाे विकासमा संस्थागत विद्यालयसँग पनि उपमहानगरपालिका सँगसँगै रहेकाे बताए । साथै प्रमुख चाैधरीले स्वास्थ्यका पनि खेल आवश्यक रहेकाे हुँदा यस्ताे आवश्यकता परिपूर्तिका लागि उपमहानगरपालिका निरन्तर सक्रिय रहनुका साथै यस कार्यलाई प्राथमिकतामा राखेकाे बताए ।

प्याब्सन घाेराही नगरका अध्यक्ष बिरेन्द्र चन्दले विद्यालय खेलमा गतवर्षभन्दा यसवर्ष उत्साह थपिएकाे बताए । साथै उनले रनिङ सिल्डलाई सफल बनाउन सदस्य विद्यालयहरू, सहभागी खेलाडी, खेल सम्पन्न बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अफिसियल टिमप्रति आभार प्रकट गरेका थिए ।
समुद्घाटन सत्रमा भएकाे मार्च पासमा गाेरखा मावि प्रथम, सिद्धार्थ एकेडेमी द्वतीय, मेचीकाली मावि तृतीय तथ जनज्याेति विद्या मन्दिर र ज्ञानज्याेति एजुकेसनल एकेडेमी सान्त्वना भएका थिए ।

समापन कार्यक्रममा प्रिन्सिपलहरूकाे १०० मिटर र खेल प्रशिक्षककाे २०० मिटरकाे दाैड प्रतियोगिता राखिएकाे थियाे । मनकामना सेकेन्डरी प्रथम, अरनिकाे मावि द्वितीय र सनराइज एकेडेमी तृतीय भएका थिए । त्यस्तै खेल शिक्षककाे दाैडमा सनराइज एकेडेमी प्रथम, मनकामना सेकेन्डरी द्वितीय र जनज्याेति विद्या मन्दिर तृतीय भएका थिए ।

प्याब्सन घाेराहीका अध्यक्ष बिरेन्द्र चन्दकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे कार्यक्रमकाे सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation