वर्तमान राज्य सत्ता र संसदीय व्यवस्था अन्त्य गर्न संघर्ष गर्छौँ : मोहन वैद्य किरण

मंगलवार माओ दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले शासनसत्ता फेरिए पनि शोषण र उत्पीडनका रूपहरू पुरानै रहेको बताए।

उनले कम्युनिष्टहरू अहिले काँग्रेसीहरूको संसदीय व्यवस्थाको भाग खोसेर संसदीय व्यवस्था हाम्रो हो भनेर लागेको बताए। उनले अहिलेको सत्ता र व्यवस्थाबाट जनताका समस्या समाधान हुन नसक्ने जिकिर गरे। उनले राष्ट्रियता जनतन्त्र र जनजीविकाका समस्या विकराल बनेको दाबी गरे।

वैद्यले भने, ‘आज पुरानो व्यवस्था र सत्ता छ, दलाल पुँजीपति नोकशाही पुँजीपति र सामन्त वर्गीय राज्य सत्ता छ। शासन सत्ता फेरिएको छ तर शोषण, उत्पीडनका रूप मूलभूत रूपमा उनै पुराना छन्। कम्युनिष्टहरूको समूह ऐतिहासिक झापा विद्रोहका साथीहरू र महान् जनयुद्धमा संलग्न साथीहरूको एउटा हिस्सा संसदीय व्यवस्थामा गएर काँग्रेसीहरूको भाग खोसेर हाम्रो व्यवस्था हो भनेर लाग्नुभएको छ। लाजको मर्नु। त्यसकारणले यो सत्ताबाट पनि र यो व्यवस्थाबाट पनि जनताको मुक्ति हुनेवाला छैन। राष्ट्रियता जनतन्त्र र जनजीविकाका समस्याहरू अत्यन्तै विकराल बनेका छन्। अब यो व्यवस्था चल्न सक्दैन। हामीले यो राज्य सत्ता र यो संसदीय व्यवस्था अन्त्यका लागि संघर्ष गर्न जरुरी छ।’

संसदीय व्यवस्थाको चुनावप्रति नागरिकहरू असन्तुष्ट रहेको बताउँदै तिनै नेताहरू चक्रझैँ ५, ५ वर्षमा घुम्ने गरेको वैद्यको कथन छ। सत्तामा ओलीजी बसे अर्काजीले पूरै विरोध गर्ने र प्रचण्डजी बसे प्रतिपक्ष भएर ओलीजी त्यसै गर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation