प्रचण्ड क्याविनेटकाे निर्णय: प्रधानमन्त्री कार्यालयमा हटाइयाे ६८ दरबन्दी

२०८० पुस १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
आज बसेकाे मन्त्रीपरिषद्काे बैठकले यस वर्षको लागि गहुँको समर्थन मूल्य प्रति क्विन्टल ३६ सय ५० रुपैयाँ १४ पैसा निर्धारण गर्ने निर्णय गरेकाे छ भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को रिक्त सदस्य सचिवमा महेश भट्टराईलाई ताेकिएकाे छ ।

त्यस्तै बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) स्वीकृत गरी प्रधानमन्त्री कार्यालयमा रहेको हालको दरबन्दी ६८ वटा कम हुने जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation