अर्थमन्त्री मास्की भोलि प्युठान आउदै!

प्युठान १४ पुष।लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री धनबहादुर मास्की”राजेश”भोलि आइतबार प्युठान आउने कार्यक्रम तय भएको छ। नेकपा माओवादी केन्द्रले संचालन गरेको “जनतासंग माओवादी, बिशेष रुपान्तरण अभियान” को समापन कार्यक्रमलाई सम्बोधन गर्न लुम्बिनी प्रदेशका अर्थमन्त्री मास्की प्युठान आउन लाग्नुभएको हो।

नेकपा माओवादी केन्द्र प्युठान नगर कमिटीको आयोजनामा आयुस्मा होटेल बिजुवारमा हुन लागेको नेकपा माओवादी केन्द्रको “जनतासंग माओवादी, बिशेष रुपान्तरण अभियान” को समापन तथा जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न अर्थमन्त्री मास्की प्युठान आउन लाग्नुभएको नेकपा माओवादी केन्द्र प्युठान नगर कमिटीका सचिब सुमनराज श्रेष्ठले बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) प्यूठान नगर कमिटीको गत भदौ १६ गतेदेखि उद्घाटन भएको ३ महिने विशेष रुपान्तरण अभियानको “जनतासंग माओवादी, बिशेष रुपान्तरण अभियान” को भोलि समापन तथा जनप्रशिक्षण कार्यक्रम अर्थमन्त्री मास्किको प्रमुख आतिथ्यतामा हुदैछ । उक्त कार्यक्रममा जिल्लाका अन्य नेता तथा कार्यकर्ता लगायतको उपस्थिति रहने नगरकमिटी सचिब श्रेष्ठले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation