प्युठान नगरपालिकाको रुपान्तरण अभियान सम्पन्न;कतिले गरे त पार्टी प्रवेश?

प्युठान १५ पुष।प्यूठान नगरपालिकाको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सम्पन्न भएको छ।लुम्बिनी प्रदेशका अर्थमन्त्री एवं माओवादी नेता धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रम आईतवार होटेल आयुष्माको स्वर्गद्वारी सभाहलमा सम्पन्न भएको छ।”जनतासँग माओवादी विशेष रुपान्तरण अभियान घरघरमा माओवादी जनजनमा माओवादी” भन्ने विशेष नाराका साथ भदौ १६ गतेदेखि देशैभर उद्घाटन गरि सन्चालन गरिएको थियो।

नेकपा (माओवादी केन्द्र)प्युठान नगर कमिटीको आयोजनामा भएको समापन कार्यक्रममा जुम्री देखि बिजुवारसम्म र्‍याली लगाई सन्चालन गरिएको थियो।कार्यक्रममा लुम्बिनी प्रदेशका अर्थमन्त्री एवं माओवादी नेता धनबहादुर मास्की”राजेश”को को प्रमुख आतिथ्यता,अभियानका  प्युठान इन्चार्ज निर्मल आचार्यको विशेष आतिथ्यता, केन्द्रिय सदस्य रुद्र बन्जाडे,जिल्ला संयोजक नवराज आचार्य,प्रदेश सदस्य प्रभात केसीको आतिथ्यता रहेको थियो। साथै पार्टीका केन्द्रिय  सदस्य,जिल्ला समन्वय सदस्यहरु,जनवर्गीय संगठनका पदाधिकारीहरु लगायत करिब  १२ सय बढी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

नेकपा(माओवादी केन्द्र)प्युठान नगर कमिटीको आयोजनामा भएको समापन कार्यक्रमको सम्बोधन गर्दै अर्थमन्त्री मास्कीले अभियानले वास्तविक रुपमै रुपान्तरण हुन आवश्यक रहेको बताउनुभएको हो।३ महिने विशेष रुपान्तरण अभियानले जनता र माओवादी विचको दुरीलाई नजिकाएको छ।अर्थमन्त्री मास्कीले जनयुद्धको स्मरण गर्दै बताउनुभयो”सहिदका रगतले हामीलाई छुट दिने छैन”;”सहिदको सपना र मर्मलाई सधै ध्यानमा राखी रुपान्तरण हुन जरुरी छ।”
साथै कार्यक्रममा उपस्थिति व्यक्तिहरुले माग पत्र समेत अर्थमन्त्री मास्कीलाई पेश गरेका छन।उहाँले भन्नुभयो”जनताका मागअनुसार  सम्बोधन गरि बजेट विनियोजन गरिनेछ।”

नगर कमिटी अध्यक्ष विष्णु योगीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नगर कमिटीका सचीव सुमनराज श्रेष्ठले गर्नुभएको थियो । करिब १२ सय बढी व्यक्तिहरुको उपस्थितिमा भएको कार्यक्रममा १५० बढी व्यक्तिहरु अन्य पार्टी परित्याग गरि प्रवेश गरेको सचीव सुमनराज श्रेष्ठले बताउनुभएको छ।

कार्यक्रममा पार्टी केन्द्रले संचालन गरेको अभियानको उपलब्धि ,महत्त्व र आगामी योजनाको विषयमा  निर्मल आचार्य,नमराज अधिकारी लगायतका नेताहरुले राजनैतिक प्रशिक्षण गर्नुभएको थियो।

फोटोहरु हेर्नुहोस:

तस्बिर:केशर सुनार,प्यूठान

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation