राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

२३ पुस, काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत सोमबार उम्मेदवार मनोनयन दर्ता हुँदै छ। निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ।

सोमबार दर्ता भएका उम्मेदवारको अन्तिम नामावली पुस २७ गते  प्रकाशन गर्ने आयोगको कार्यतालिका छ। यससँगै पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गर्ने छन्।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। मतदान सकिएलगत्तै गणना गरिने आयोगले जनाएको छ।

राष्ट्रिय सभामा रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation