आशिष महरले ल्याए लोकदेउडामा ‘साली’ !

माघ ५,नेपालगन्ज।नेपाली संगीत जगतमा एक पछि अर्को सांगीतिक सफलता चुम्न सफल आशिष महरको ‘साली’ बोलको नयाँ लोकदेउडा गीत सार्वजनिक भएको छ ।नेपालकाे चर्चित गायन रियालिटी साे ‘द भ्वाइस अफ नेपाल’ सिजन-४  बाट संगित क्षेत्रमा उदाएका महरले उक्त सांगितिक सो का प्रशिक्षक राजु लामा सँगको पहिलो सहकार्यमा ‘साली’ बोलको गीत मंगलबार सार्वजनिक गरेका छन्।चर्चित गायक राजु लामा र आशिष महरको आवाज रहेको गीत सार्वजनिक गर्दै गर्दा आफू निकै हर्षित र खुसी भएको महरले हामीलाई बताए ।

सुदुरपश्चिम प्रदेशकाे अछाममा जन्मिएका महरले विशेषगरि अछाममा बोलिने भाषालाई समेटेर गीतको  शब्द रचना गरेको बताए । उक्त गीतमा सुदूरपश्चिम प्रदेशमा बाेलिने भाषालाई समेटिएकाे  सुन्न सकिन्छ । उनले भने ‘स्थानीय भाषा र संगीतलाई समायोजन गरेर गीत सिर्जना गरेका छौँ’ ; ‘जसले गर्दा संगित प्रती रुचि राख्ने पुराना र नयाँ दुवै पुस्तालाई गीत रुच्ने छ।’

साली र भेनाको सम्बन्ध सँगै दाईकी सालिलाई भाईले एकोहोरो  मन पराएर पछ्याउँदै गरेको रमाइलो  कुराकानी र ठट्यौली पनको भावनालाई गीतको माध्यमबाट पर्दामार्फत देखाउन खोजिएको छ ।पश्चिमेली  भेषभुषा  र परिवेशमा छायांकन गरिएको गीतमा मेलामा भेट भई देउडा खेल्ने र जिस्किने गरेको रमाइलो दृश्यलाई भिडियोमा देखाईएको छ ।सोनाम पाख्रीनले निर्देशन गरेको उक्त ‘साली’ बोलको म्यूजिक भिडियोमा राजु लामा, आशिष महर, पबित्रा साकी ( मिस पबि ) र मुना खड्काको लोभलाग्दो अभिनय देख्न सकिन्छ।

आशिष महरले लेखेको शब्दमा दिबेस राईले संगीत संयोजन गरेका छन । सोही गीतमा लोकप्रिय गायक राजु लामा र आशिष महरको सुमधुर स्वर रहेको छ । विशाल थापाले छायांकन गरेको उक्त म्यूजिक भिडियोको कलरिंग र सम्पादन बिजेश पौडेलले गरेका हुन् । ‘साली’ म्युजिक भिडियो राजु लामा मंगोलियन हर्ट अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरीएको छ ।  आशिष महरको यो भन्दा पहिले दर्जनौ गीतले चर्चा कमाईसकेका छन । यो समाचार तयार पारिसक्दा सम्म करिव ४ लाख दर्शक एवम् स्रोताहरुले गीत मन पराईसकेका छन् । महरले प्रायः गीतहरुमा आफ्नोपन दिने हुनाले पनि गीतहरु सर्वाधिक चर्चामा आउने गर्दछन् ।महरको ‘साली’ बोलको गीतले यतिबेला चर्चा कमाउने क्रममा रहेको छ ।

भिडियो हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation