यू–१९ विश्वकप : नेपाललाई अफगानिस्तानले दियो १४६ रनको लक्ष्य

दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्क मैदानमा टस जितेर पहिला ब्याटिङमा आएको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अलआउट भएको हो।

नेपालका आकाश चन्द एक्लैले ५ विकेट लिए। ८ ओभर बलिङ गरेका उनले ३४ रन खर्चिए।

दीपेश कँडेलले २, गुल्सन झा, तिलक भण्डारी र दीपेश भण्डारीले एक/एक विकेट लिए। ३४ रन बनाउँदा ५ विकेट गुमाइसकेको अफगानिस्तानले त्यसपछि सम्हालिएको प्रदर्शन गरेको थियो।

कप्तान नसिर खान र फरिदून दाउद्जाइले उत्कृष्ट साझेदारी गर्दै अफगानिस्तानको पारी सम्हालेका थिए। खानले ३१ रन बनाउँदा दाउद्जाइले २९ रनको योगदान गरे।

मोहम्मद घजानफारले सर्वाधिक ३७ रन बनाए।हसन इसाखिलले २० रन जोड्दा ४ खेलाडी शून्यमा आउट भए।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

समूह चरणको अन्तिम खेल खेलिरहेका दुबै टिम सुपर सिक्समा प्रवेश गर्न आजको खेल जित्नै पर्ने दबाबमा छन् ।


नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो । दक्षिण एसियाका दुई चर्चित १९ वर्षमुनिको टोली नेपाल र अफगानिस्तानले हालसम्म विश्वकपमा भने प्रतिस्पर्धा गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation