प्युठानको जुम्रीमा बेवारिसे अवस्थामा नवजात शिशु फेला

प्रहरी बच्चा भेटिएको स्थानमा पुग्दा सालनाल सहित कपडाले छोपेर झोलुङ्गोमा राखेको अवस्थामा उक्त शिशु भेटाएको ईलाका प्रहरी कार्यालय बिजुवारले जनाएको छ ।

महिलालले बच्चा जन्माएर फरार भएकी छिन् । बुधबार बिहान भेटिएको शिशु अहिले जिल्ला अस्पताल बिजुवार प्युठानमा राखिएको छ ।

शिशु कसले जन्माएर फरार भएको हो भन्ने कुरा नखुलेको प्रहरीले जनाएको छ । शिशुलाई जुम्रीमा रहेको होटेल आयुष्मा नजिकैको एउटा घरको छेउमा रहेको जस्ताको छाप्रोमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation