मौसम पूर्वानुमान महाशा : यी भागहरुमा हल्का वर्षादेखि हिमपातसम्मको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी केही भागमा फाटफुटदेखि हल्का वर्षाको अनुमान गरिएको छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

पहाडी भूभागका एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको अनुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पश्चिमी वायुको प्रभाव रहँदा देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation