९५ वर्षीय जेष्ठ नागरिकद्वारा विद्यालयलाई ५० हजारको अक्षकोष

२० माघ, प्युठान

प्युठानको मल्लरानी ५ सराङकोट अवस्थित एक विद्यालयमा जेष्ठ नागरिकले अक्षयकोष स्थापना गरेका छन।

मल्लरानी गाउँपालिका – ५ रिट्ठीखर्क प्युठान निवासी ९५ बर्षिय जेष्ठ नागरिक मोहन पुन मगरले जीवन संगिनी स्वर्गीय नमिदेवी पुन मगरको स्मृतिमा भुमी विकास आधारभुत विद्यालयमा रु.५०,०००/(पचास हजार ) को अक्षयकोष स्थापना गरेका हुन्  ।

विद्यालयको ४८ औं वार्षिकोत्सब तथा अभिभावक भेलाको अवसर पारी मोहन पुन मगरले उक्त अक्षयकोष स्थापना गरि विद्यालयलाइ हस्तान्तरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन पन्थले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation