नयाँ वर्षको अवसरमा अग्लुङमा घम्साघम्सी

अग्नीधर चन्द बोहोरा,

नयाँ वर्षको अवसर पारि गुल्मीको मदाने १ अग्लुङ्ग निपानेमा विविध कार्यक्रम सम्पन्न भएको छ । नेपाने स्थित सरगम सन्जाल युवा क्लबले विभिन्न खेलकुद र सास्कृतिक कार्यक्रम गरि एघारौं बार्सिकोत्सब भब्यताका साथ मनाएको हो । दुरदराजका बस्तीमा सकृय सामाजिक संस्थाको रुपमा उदाएको सरगम युवा क्लब नमुनाको रुपमा विकसित हुन्दै गएको कुरा नकार्न सकिँदैन।उक्त कार्यक्रममा स्थानिय वडाका कृयासिल राजनैतिक दलका प्रतिनिधि , समाजसेवीको उपस्थिति सहेको थियो । तिन दिनसम्म चलेको सो खेलकुद तथा साँस्कृतिक कार्यक्रममा गाउँका सबै सरकोकारवाला एककट्टा गरि राजनैतिक तथा विकास सम्बन्धी वहस पैसवी समेत गर्ने अवसर प्राप्त भएको थियो ।
उक्त कार्यक्रममा भलिबलतर्फ जम्मा ११ टिम सहभागि थिए भने पैयापाटा युथ क्लब प्रथम, न्यु जेनेरसन क्लब दोश्रो भएका थिए। त्यस्तै लोक नृत्य प्रतियोगितातर्फ ७ टिमको सहभागिता रहेको थियो । जसमा प्रथम, विपिन कुंवरको टिम, दोस्रा,े न्यु जनेरेसन युथ क्लब, तेस्रो, अन्जना रानाको टिम र सान्त्वना गौमुखी अर्तुवाङका सहभागि रहेका थिए । नयाँ प्रतिभा भाइबहिनी हरुको प्रस्तुती निक्कै रोमान्चक र अनुकरणीय थियो। लोकेन्द्र कुँवरको सन्चालनमा भएको उक्त कार्यक्रमको सभापतित्व बोम बहदुर खत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation