![](https://pranmancha.com/wp-content/uploads/2024/01/Pm_Prachanda111_9nL5QTGRSw.jpg)
![](https://pranmancha.com/wp-content/uploads/2024/01/Pm_Prachanda111_9nL5QTGRSw.jpg)
![](https://pranmancha.com/wp-content/uploads/2024/01/Pm_Prachanda111_9nL5QTGRSw.jpg)
२१ माघ, काठमाडौँ
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवं अधिवेशनमा प्रस्तुत हुने विधेयकका बारेमा छलफल गरिने बताइएको छ ।
संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दै छ । यो अधिवेशनमा सङ्घीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी छ ।