घरेलु मैदानमा क्यानडा र नामिबियासँग टी-२० शृंखला खेल्दै नेपाल

२३ माघ, काठमाडौँ 

नेपालले घरेलु मैदानमा टी–२० आई सिरिज खेल्ने भएको छ।

टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपालले क्यानडा र नामिबिया सम्मिलित टी–२० आई सिरिज खेल्ने पक्का भएको हो।

आगामी बिहीवारदेखि क्यानडासँग ३ खेलको ओडीआई सिरिज खेलेलगत्तै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नेछ।

उक्त सिरिज सकिएलगत्तै त्रिवि क्रिकेट मैदानमै नेपालले ३ राष्ट्र सम्मिलित टी–२० आई सिरिज खेल्न लागेको हो।

सो सिरिज सकिएलगत्तै नेपाली टोली हङकङ जानेछ। हङकङमा नेपालसहित ४ राष्ट्रले ४ देशीय सिरिज खेल्ने छन्। उक्त सिरिजमा नेपाल र आयोजक हङकङसँगै पपुवा न्युगिनी र ओमान रहने छन्।

ओमान पनि विश्वकपको तयारी गरिरहेको छ। टी–२०आई सिरिजका लागि भने हालसम्म टोली घोषणा भएको छैन।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation