आज सोनाम ल्होसार, विभिन्न कार्यक्रम गरि मनाइने

२७ माघ, काठमाडौं 

तामाङ समुदायले शनिबार सोनाम ल्होसार मनाउँदैछ। यो ल्होसार माघ शुक्ल प्रतिपदाका दिन मनाइन्छ।

ल्होसारलाई नयाँ वर्षका रूपमा लिइन्छ। मञ्जुश्री पात्रोअनुसार २८६० औँ वर्ष शुरु भएको छ। खरायो वर्ष पूरा गरी मेघ (ड्रागन) वर्ष प्रवेश भएको छ।

सोनाम ल्होसारलाई ​मुसा, गाई, बाघ, खरायो,  मेघ (ड्रागन), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको छ।

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरूपमा मनाइन्छ। पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ। स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाइँदै छ।

राजधानीमा रहेका तामाङहरूले टुँडिखेलमा भेला भई ल्होसार मनाउँछन्।

शुक्रबार शुरु भएको ल्होसार साँस्कृतिक महोत्सव अन्तर्गत आज मुख्य दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा विषेश कार्यक्रम हुँदैछ। प्रधानमन्त्रीले दिउँसो १ बजे औपचारिक कार्यक्रममाको उद्घटन गर्नेने ल्होसार मूल समारोह समितिका संयोजक कुमारसिंह घिसिङले जानकारी दिए।

उनका अनुसार त्यसअघि बिहान ११ बजे साँस्कृतिक झाँकीसहितको र्‍यालीले टुँटिखेल परिक्रममा गर्नेछ। महोत्सवमा मौलिक खाना र वेशभूषालगायत १०० भन्दा बढी स्टल छन्।

शनिबार नेपालका अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँदैछन्। शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसार पनि यो वर्ष शनिबार परेको छ। सोनाम भन्दा एक महिना पछि मनाउने गरिएको ग्याल्बो ल्होसार हरेक तीन वर्षमा एकैदिन पर्न आउँछ।

यही दिन चीन, भुटान, थाइल्याण्ड, लासोस र मंगोलियालगायतका देशमा पनि ‘ल्हो’ परम्परा अनुसार नै नयाँ वर्ष मनाइँदैछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation