दलीय स्वार्थकाे कचिंगलमा अमर क्याम्पस

प्यूठान । दलीय स्वार्थ र खिचातानीका कारण चाैथाे कार्यकालकाे लागि चयन गर्न खाेजिएकाे क्याम्पस सञ्चालक समिति अन्याेलमा परेकाे छ ।

प्यूठानको गाेठीवाङमा रहेकाे अमर क्याम्पस प्यूठानको सञ्चालक समितिको अध्यक्षका लागि भएको निर्वाचनमा दलीय स्वार्थ बाँझिंदा मतगणना हुन सकेको छैन । शनिवार मतदानको सकिए पनि आईतबार बिहानसम्म मतगणना भएको छैन भने मतपेटिकालाई इलाका प्रहरी कार्यालय भिंगृमा सुरक्षित राखिएको छ ।

मतदान अधिकृत हरिसचन्द्र रेग्मीका अनुसार मतदानको अन्तिम समयमा निर्वाचन समितिमा रहेका दुई मतदातालाई मतदान गर्न दबाब सिर्जना हुँदा निजहरुले मतदान नगरेपछि स्थिति बिग्रेको बताए ।

स्राेतका अनुसार अध्यक्ष पदका उम्मेदवार सुर्वण कुमार श्रेष्ठकाे टोलिले निर्वाचन समितिमा रहेका मतदातालाई मतदानको लागि दबाब सिर्जना गरेका थियो ।
चुनाबी आचारसंहिता/कार्यबिधिमा सबै मतदाताले भाेट गर्ने व्यवस्था भएपनि त्यसाे नहुँदा बिबाद सिर्जना भएकाे नगर प्रमुख टेकप्रसाद भण्डारीले प्राणमञ्चसँग बताए । मेयर जस्ताे जिम्मेवार व्यक्तिले क्याम्पसमा किन भाँजो हाल्नुभएकाे ? भन्ने हाम्राे प्रश्नमा उनले दलीय स्वार्थबाट माथि उठ्न नसक्दा समस्या पैदा भएको स्विकारे ।

सञ्चालक समितिका सदस्य रहेका हरिचन्द्र रेग्मी र शिक्षक प्रतिनिधि यमराज शर्माले निर्वाचन समितिमा भएकाले मतदान नगरेका हुन् ।
प्रत्यक्षदर्शी घनश्याम अस्तित्वका अनुसार मतदानको समय दिउसाे साढे १ बजेसम्म कायम भएको र ५६ मत खसेपछि अन्तिमतिर निर्वाचन मण्डलमा रहेका दुई मतदाताले आफू मतदानमा सहभागी नहुने जनाएपछि नगरप्रमुख निकै उत्तेजित बन्दै “तपाईंले तुरुन्तै राजीनामा दिनुस् । म क्याम्पसको संरक्षक हुँ, जे भन्छु त्यहि हुनुपर्छ । तपाईंहरूले मत नदिने भए यो निर्वाचनलाई म मान्दैन ” भनेर क्याम्पसबाट निस्किएपछि स्थिति अन्याेलमा परेकाे हाे । उनले अनुसार नगर प्रमुखकाे अभिव्यक्तिकै कारणले चुनाव प्रभावित हुनु निकै लज्जास्पद र खेदजनक भएको बताए ।

अब के गर्ने विषयमा सर्वपक्षीय छलफल सहित कानुनी परामर्श गरी अघि बढ्ने क्याम्पस प्रमुख मधुसूदन अधिकारीले बताए ।

कुल ६८ मतदाता रहेकोमा ५६ मत खसेको छ । सञ्चालक समितिको अध्यक्षका लागि नेत्रबहादुर रोका क्षेत्री र सुर्वण कुमार श्रेष्ठ उम्मेदवार छन् । रोकालाई नेकपा (एमाले) र श्रेष्ठलाई नेपाली कांग्रेस लगायतका दलहरुको समर्थन छ । शिक्षा संकायमा मात्रै पढाइ हुने साे क्याम्पसमा एमाले र कांग्रेसकाे चुनावी स्वार्थले क्याम्पस झनै रनभुल्लमा परेकाे सराेकारवालाहरुले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation