बैद्यका नेताहरु प्रहरी हिरासतमा

बैद्यका राम श्रीस र धनेश्वर पाेख्रेल प्रहरी हिरासतमा !
कुनैपनि कम्युनिस्ट पार्टीको लागि प्रतिक्रियावादी व्यवस्थामा हुने चुनावमा भाग लिने वा नलिने भन्ने कार्यनीतिक विषय हाे । २०७४ निर्वाचनमा भाग लिएर बाकस थापेकाे बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माअाेवादीले अागामी बैशाख ३० गते हुनगइरहेको स्थानीय बहिस्कार गर्ने निर्णय गरेकाे छ । स्थानीय चुनाव बहिष्कारको देशव्यापी कार्यक्रम थालेकाे उक्त पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीस र पाेलिटब्युराे सदस्य प्यूठानका धनेश्वर पाेख्रेल नवलपरासीको सुनौलमा कोणसभा कार्यक्रम गर्दा पक्राउ गरि सुनाैली इलाका इलाका प्रहरी हिरासतमा राखिएको छ। पक्राउ पर्नेहरु पत्रकार क्रान्तिकारी महासङ्घका महासचिव रबि पाण्डे लगायत १०जना छन् । शान्तिपूर्ण ढंगले गरिने कम्युनिस्ट पार्टीका नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिई हिरासतमा राखेकाे पाेलिटब्यूराे सदस्य धनेश्वर पाेख्रेलले अाफ्नाे फेसबुक स्टाटसमा अपडेट गरेका छन्

स्थानीय निर्वाचन बहिष्कार किन ?

संसदीय व्यवस्था पूर्णत असफल भैसकेकोले त्यसको बिकल्पमा नयाँ जनवादी व्यवस्थाको आधार तयार पार्न।

राज्यका तिनवटै अङ्ग कार्यपालिका ,व्यवस्थापिका र न्यायपालिका पुरै असफल र बदनाम भएकोले यसलाई पूर्णतः बिस्थापित गरि नयाँ संरचना निर्माण गर्न।

दलाल सरकारको राष्ट्रघाती कृयाकलापको भण्डाफोर गर्न ।

संसदीय व्यवस्था अन्तरगत हुने निर्वाचन देश र जनताको हितमा नभएकोले ।

निर्वाचित जनप्रतिनिधिहरु जनसेवामा भन्दा भ्रटाचारमा लिप्त भई जनसरोकारका मुद्दाहरुलाई बेवास्ता गर्ने गरेकोले ।

यो चुनाव दलाल,माफिया ,गैर राजनैतिक ठेकेदार,भ्रष्ट अनैतिक तस्करहरुले धन र डनको बलमा जित्ने र इमान्दार सामान्य जननेताहरुले जित्न नसक्ने भएकोले ।

सिंहदरबारको भर्स्टाचार गाउँ(गाउमा आइ जनताको ढाड सेक्ने गरेकोले ।

जनताबाट चर्को कर उठाई उनिहरुको खुन र पसिनाको सहि सदुपयोग गर्नुको सट्टा जनपर्तिनिधिहरुले महङ्गा गाडीमा बिलासी जीवन बिताउने गरेकाले ।

राष्ट्रको पूजीलाई उध्योग धन्दा कल कारखाना र बिकास निर्माणमा पर्योग गरेर मुलुकमा रोजगारको बाताबरण सिर्जना गरि स्वदेशमै युबा पिढिलाई व्यवस्थापन गर्नुको सट्टा विदेश धपाउने गरेकोले ।

समाजमा बढिरहेको बिकृति र बिसङ्गतिलाई नियन्त्रण गरि समाज रुपान्तरण गर्नुको सट्टा दण्डहिनताको स्थिति सिर्जना गरि हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारलाई सस्थागत गर्ने गरेकोले ।

जनप्रतिनिधिहरु स्वयम् ठेकेदार बनी राष्ट्रको धन कुम्ल्याउने र सबै अवसरबाट जनतालाई बन्चित गर्ने गरेकोले ।

३जनपर्तिनिधिहरुले हरेक क्षेत्रमा विचौलिया दलालहरुलाई प्रयोग गरि बिकास बजेट माथि ब्रह्मलुट गरेकोले ।

हरेक अबसरहरुमा आफ्ना आफन्त,नातागोता ,आसेपासेहरुलाई व्यवस्थापन गरि अरुहरुलाई सबै अवसरहरुबाट बन्चित गराएकोले।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation