शहिदमार्ग संघर्ष समितिद्धारा एकदिने बन्दको घोषणा

होलेरी । शहिदमार्ग सुधार संघर्ष समितिद्धारा एकदिने यातायात बन्दको घोषणा गरिएको छ । शहिद मार्ग अन्तर्गत घोराही–होलेरी सडकखण्ड जीर्ण बन्दै गइरहेको र सो सडकखण्ड मर्मत तथा स्तरोन्नती लागि सम्बन्धित निकालयलाई ध्यानाकर्षण गरी विभिन्न चरणमा छलफल गरेको लामो समय बित्दा पनि माग सम्बोधन नभएको भन्दै संघर्ष समितिले यही फागुन २४ गते बन्दको घोषणा गरेको हो ।
शहिद मार्ग सुधार संघर्ष समितिका संयोजक नन्दराम खड्काले हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘शान्तिपूर्ण ढंगले नागरिकको मागलाई राख्दा समेत कुनै सुनुवाई नहुँदा हामी नागरिकको मागलाई सम्बन्धित निकायमा ध्यान केन्द्रित गर्न पूर्व निर्धारित कार्यक्रम बमोजिम घोराही–होलेरी शहिद मार्गमा यही मिति २०७७ फागुन २४ गते सोमबारका दिन १ दिने यातायात बन्दको आयोजना गरिएको छ । साथै चुङ्ढुंगा बोक्ने हकमा अर्काे सूूचना नहुन्जेलसम्म बन्द गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउदछौं ।’
आपतकालिन तथा अत्यावश्यक सेवामा संघर्ष समितिको सल्लाह बमोजिम सुचारु गर्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation