संसद्‍लाई मर्यादित र सक्रिय ढंगले अगाडि बढाउनुपर्छ : रवि

 

३ वैशाख, काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्‍लाई मर्यादित र सक्रिय ढंगले अगाडि बढाउनुपर्ने बताएका छन् ।

संसदीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद्को प्रमुख जिम्मेवारी आवश्यक कानुन  निर्माण र परिमार्जन गर्नु रहेको बताए ।

उनले विवेकपूर्ण ढंगले सदन अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले सभामुखको भूमिका पनि सकारात्मक रहने अपेक्षा राखे ।

यस वर्ष समाजमा व्याप्त विसङ्गति र बेथितिहरूलाई अन्त्य गर्ने अवसर भएको बताए ।

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति अस्वाभाविक भएको भन्ने चर्चाका सन्दर्भमा लामिछानेले सबै सार्वजनिक पदमा रहेका व्यक्तिहरू छानबिनको दायरामा रहेको स्पष्ट पारे ।

उनले छानबिन आयोग बनिसकेको र त्यसको कार्यक्षेत्र (टीओआर) भित्र प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म सबै पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation