छठ पर्वअन्तर्गत आज ‘खरना’

काठमाडौं : मिथिलाञ्चलमा छठका व्रतालुले शनिबार ‘खरना’ विधि गर्दैछन्। कार्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ बाट व्रत शुरू गरेका श्रद्धालुले शनिबार पञ्चमी तिथिमा गरिने खरना गर्न लागेका हुन्। 

छठको दोस्रो दिन दिनभर उपवास बसेर साँझ चन्द्रदर्शन गर्ने विधि छ। यसपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर हालेर खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाउने र व्रतालु तथा परिवारका सदस्यले प्रसाद खाने चलन छ।

व्रतको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर अपराह्न जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिन्छन्। यो विधिलाई  ‘सझुका अरख’ भनिन्छ। सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ। यसलाई ‘भोरका अरख’ भनिन्छ। यससँगै व्रत समाप्त हुन्छ।

छठमा श्रद्धा र निष्ठालाई महत्त्व दिइन्छ। अर्घ्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको र पिसिएको पिठोबाटै तयार गरिन्छ। पर्वमा अर्घ्यदिने पवित्र जलाशयको सरसफाइ र श्रृंगारलाई पनि महत्त्व दिइन्छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation