अमेरिकाको एक विश्वविद्यालयमा गोली चल्दा ३ जनाको मृत्यु एक गम्भीर घाइते

युनिभर्सिटी अफ नेभाडा, लास भेगासमा भएको घटना, जुवाको हबको पर्यटकले भरिपूर्ण लस भेगास स्ट्रिपबाट केही दूरी भएको थियो।  त्यहाँको प्रहरीले भनेको छ,  ‘हामीसँग स्थानीय अस्पतालमा तीन जना मृतक र एक थप पीडित गम्भीर अवस्थामा छन्।’

गोली काण्डपछि विश्वविद्यालय खाली गरिएको छ।  यस क्षेत्रका विश्वविद्यालय बन्द गरिएको छ। नजिकैको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू रोकिएको त्यहाँको प्रशासनले जनाएको छ।

लास भेगास एक जुवाको अखडा र  मनोरन्जन केन्द्र हो। त्यहाँ हरेक वर्ष लाखौंको संख्यामा पर्यटक पुग्ने गरेका छन्।

अमेरिकामा सामूहिक गोलीबारी डरलाग्दो घटना हुने गरेको छ। यस वर्ष ६ सयभन्दा बढी सामूहिक गोलीबारी भएको तथ्यांक छ। अमेरिकामा बन्दूक राख्ने कानून परिवर्तन गर्न व्यापक दबाब बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation