इन्धन डिपोमा आगलागी, ११ जनाको मृत्यु, ८८ घाइते

बन्दरगाह नजिकै कोनाक्रीको कालौम जिल्लामा रहेको सरकारी तेल कम्पनीको मुख्य डिपोमा स्थानीय समयअनुसार सोमबार बिहान घटना भएको हो।

उद्धार सेवाका प्राविधिक निर्देशक ज्याँ ट्राउरेले विदेशमन्त्री र राजदूतहरूसँगको भेटमा ११ जनाको मृत्यु भएको र ८८ जना गम्भीर घाइते भएको बताए।

घाइतेहरूलाई कोनाक्रीका दुई मुख्य अस्पताल इग्नेस दीन र डोन्कामा उपचारका लागि ल्याइएको  छ। सत्तारुढ जुन्टाका प्रमुख कर्णेल मामाडी डौम्बोयाले ‘यस कठिन घडीमा राष्ट्रका लागि ऐक्यबद्धता र प्रार्थना’ सबै नागरिकसँग आह्वान गरेका छन्।

सोमबार बिहानआगलागीपछि बाक्लो कालो धुवाँले आकाश भरिएपछि विद्यालय बन्द गरिएको छ।  नागरिकलाई घरभित्रै बस्न भनिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation