५ नम्बर वडाले वितरण गर्‍याे विपन्नहरुलाई न्यानाे कपडा

बुटवल उपमहानगरपालिका वडा न .५ मा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न

बुटवल उपमहानगरपालिका वडा न.५ आयोजना तथा जेष्ठ नागरिक मिलन केन्द्र ५ को आयोजनामा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण सम्पन्न भएको छ । जसको अध्यक्षता जेष्ठ नागरिक केन्द्रकाल अध्यक्ष गौतम सानिबास प्रमुख अतिथि वडन न.५ का वडा अध्यक्ष हरि प्रसाद श्रेष्ठ कार्यक्रम सहभागीता १०० जना कार्यक्रम संचालन राधा श्रेष्ठ वडा सचीव सहि कार्यक्रममा बोल्दै वडा अध्यक्ष हरि प्रसाद श्रेष्ठले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्न पाउँदा आफू खुसी सहेको आगामी दिनहरुमा पनि यो कार्यक्रम संचालन गरिएको कुरा बताउनुभयो ।

उहाँले आफ्नो वडा भित्रका बुबा आमालाई मायाको चिनो स्वरुप न्यानो कपडा वितरण गरिएकोमा सम्पुर्ण वडा कार्यलयका जनप्रतिनिधि तथा कर्मचारीलाई सहजीकरण गरेकोमा धन्यवाद दिनुभयो ।स्वागत मनतव्य जेष्ठ नागरिक केन्द्रका उपाध्यक्ष धनापती पौडेलले गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation