मौसम पूर्वानुमान महाशाखा : ठाउँ-ठाउँमा वर्षा र हिमपातको सम्भावना

२१ माघ, काठमाडौँ

फेरि मौसममा बदली हुने भएको छ। शनिवार रातिदेखि नै बदली शुरु भएको र आइतवार विहानैदेखि देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतवार कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए।  महाशाखाले सतर्कता अपनाउन अनुरोध पनि गरेको छ।

उनले पश्चिमी वायुको प्रभावले अहिले सुदुरपश्चिमबाट बादल प्रवेश गरिसकेको जानकारी दिँदै अब रातीबाटै बदली हुने बताए। यसअघि शुक्रबारसम्म केही दिन बदली भएर शनिवार खुलेको थियो।

सोमवारबाट भने क्रमश खुल्ने देखिएको पनि लामिछानेले बताए। सोमवार कोशी प्रदेशलगायत देशको बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation