आजको मौसम: पहाडी भूभागमा हिमपातको सम्भावना

१६ फागुन, काठमाडौं

देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागमा मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ।

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation