वनमा आगो लगाउने पाँचजना पक्राउ

वनमा आगो लगाएको अभियोगमा पाँचजना  पक्राउ परेका छन्।

पाँचखाल नगरपालिका–५  रातमाटे सामुदायिक वनमा आगो लगाएको अभियोगमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार पक्राउ परेका हुन्। यस्तै नमोबुद्ध नपा–१ को कासकोट सामुदायिक वनमा आगो लगाएको अभियोगमा ८० वर्षीय आइतीमाया तामाङ र चौँरीदेउराली गाउँपालिका–६ को आरुबोट सामुदायिक जङ्गलमा आगो लगाएको आशङ्कामा ४९ वर्षीय लालकुमार सेन ठकुरीपक्राउ परेका हुन्।

पक्राउ परेका पाँचमध्ये आइतीमायालाई हिरासतमुक्त गरिएको र अन्यलाई  मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले  जानकारी दिए।

डढेलो मानवबस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न ठाउँमा क्षति भएको छ।

रोशी गाउँपालिका-४ सानोपोटा गाउँका १५ घर नष्ट हुँदा रु दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation